‘कोई मिल गया’ अभिनेता मिथिलेश चतुर्वेदीको निधन
नेपालबहस संवाददाता
साउन १९, २०७९ बिहिबार २२:२२:४५
१९ साउन, काठमाडौं । फिल्म र टेलिभिजनका लोकप्रिय अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । उनले गत बुधबार लखनउस्थित निवासमा अन्तिम श्वास फेरेका हुन् । उनी मुटुसम्बन्धी रोगबाट पीडित थिए ।
मिथिलेशलाई केही दिनअघि मात्र हृदयघात भएको थियो । त्यसपछि उनी गृहनगर लखनऊ गएका थिए । मिथिलेशले ‘कोई मिल गया’, ‘रेडी’, ‘ताल’, ‘सत्या’लगायतका फिल्ममा अभिनय गरेका थिए ।
फिल्म ‘कोई मिल गया’मा उनको कास्टिङ किस्सा निकै रोचक छ । निर्देशक राकेश रोशनले फिल्मको लागि काम गरिरहँदा उनले फिल्म ‘फिजा’ हेरेका थिए । यो फिल्ममा एक दृश्य छ, जहाँ अभिनेत्री करिश्मा कपूरले मिथिलेशको अनुहारमा पानी फ्याक्छिन् ।
यो दृश्य देखेपछि राकेश मिथिलेशबाट प्रभावित भएका थिए । त्यसपछि अर्को चरित्रका लागि रवि झाकडलाई बोलाउँदा रविले उनको नाम मिथिलेश चतुर्वेदी रहेको जानकारी दिएका थिए । यसपछि राकेशले मिथिलेशलाई बोलाए र फिल्ममा अनुबन्धित गरे ।
मिथिलेशले बलिउडमा डेब्यू सन् १९९७ मा ‘भाई भाई’बाट गरेका थिए । यसपछि उनले ‘सत्ता’, ‘ताल’, ‘फिजा’, ‘रोड’, ‘कोई मिल गया’, ‘गान्धी माइ फादर’ र ‘बन्टी बबली’ जस्ता फिल्ममा अभिनय गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार
टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन अघि नबढाउन अदालतलाई ट्रम्पको आग्रह
पुष १३, २०८१ शनिबार
कर्णालीका ९ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै
पुष १४, २०८१ आइतबार
पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’
पुष १४, २०८१ आइतबार
बेरोजगारी र परनिर्भरता अन्त्य गर्न व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
पुष १४, २०८१ आइतबार
चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन
पुष १४, २०८१ आइतबार
यी ठाउँमा आज पनि वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात
पुष १४, २०८१ आइतबार
नेपाली कला र संस्कृति प्रवर्द्धन गर्न अमेरिकामा सांगीतिक कार्यक्रम
पुष १४, २०८१ आइतबार