सिन्धुपाल्चोकका अधिकांश फार्मेसी दर्ताविनै सञ्चालन : अनुगमनको हल्ला धेरै कारबाही शून्य
नेपालबहस संवाददाता
साउन १९, २०७९ बिहिबार २२:२१:२१
♦ सम्झना कार्की
१९ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका निजी मेडिकल तथा फार्मेसीहरू नियमअनुसार नचलेको पाइएको छ । प्रसासनको अनुगमनका क्रममा कतिपय फार्मेसी र मेडिकल त दर्ता र अनुमतिविनै सञ्चालन भइरहेको फेला परेका छन् । फार्मेसी सञ्चालकले औषधि पनि दाल चामल बेचे जसरी बेचिरहेको समेत फेला परेको छ । फार्मेसी पढेकाले मात्रै औषधि बेच्न पाउने भए पनि जोसुकैले बेचिरहेको समेत फेला परेको छ ।
धेरैजसो निजी फार्मेसी र मेडिकल स्वास्थ्य संस्थामा काम गर्ने अहेब र अनमीले सञ्चालन गरे पनि उनीहरूले अरूलाई नै राख्ने गरेको पाइएको छ । मेलम्ची, चौतारा, खाडीचौर, बाह्रबिसे जस्ता मुख्य बजारमा समेत दर्ता नगरी र अर्काको अनुमतिपत्र भाडामा लिएर समेत औषधि पसल सञ्चालन भइरहेको पाइएको छ । यस्तो तथ्य फेला पर्दा समेत प्रसासनले कार्वाही नगरेको स्थानीयको आरोप छ । स्थानीय रिता सापकोटा भन्छिन्, ‘नियमविपरित सञ्चालनमा रहेका औषधि पसलहरू र अनुमतिपत्र भाडामा लगाउनेहरूलाई अनुगमनमा भेट्दा समेत प्रसासनले कारवाही गर्न सकेको छैन् ।’
फार्मेसी व्यवसाय गर्ने व्यक्तिले नेपाल फार्मेसी परिषद्ले लिने लाइसेन्स परीक्षामा उत्तिर्ण गर्नुपर्छ । विनालाइसेन्स औषधि पसल सञ्चालन गरे औषधि ऐन ०३५ र नेपाल फार्मेसी परिषद् ऐन ०५७ ले गैरकानुनी ठहर गर्छ ।
सिन्धुपाल्चोकका धेरैजसो फार्मेसीमा लाइसेन्सप्राप्त व्यक्ति नबसी आफन्त बस्ने गरेका छन् । जथाभावी वितरण हुने एन्टिबायोटिक र औषधिका कारण नागरिकको स्वास्थ्यमा खेलबाड भइरहे पनि स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकसँग कति निजी फार्मेसी र मेडिकल सञ्चालन छन् भन्ने यकिन तथ्याङ्क समेत छैन ।
स्थानीय तहका स्वास्थ्य शाखाले तथ्याङ्क सङ्कलन गरेका छैनन् भने कार्यालयले पनि खोजी नगरेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी सेवक नेपालले बताए । अवैधानिक मेडिकललाई आफूहरूले सचेत बनाउने काम गरेको नेपालको भनाइ छ ।
बजार अनुगमन गर्दा हल्ला धेरै हुने तर कारबाही शून्यको अवस्था छ । मापदण्ड पूरा नगर्ने र अवैधानिक तवरले सञ्चालन गरिरहेका फार्मेसीले अनुगमन टोली पुगेको सूचना पाउने बित्तिकै सटर लगाएर भाग्ने गरेकाले यसलाई कडाइ गर्ने सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि भिटामिन ए खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
अनलाइन फार्मेसी बन्द गर्न विभागको निर्देशन
चैत १४, २०८० बुधबार
आजदेखि थप तीन प्रकारका औषधि उत्पादन सुरु
चैत ४, २०८० आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार