मिस्टर एण्ड मिस थारु २०२२ को अडिसन १० जिल्लामा हुँदै
नेपालबहस संवाददाता
साउन १९, २०७९ बिहिबार २२:४४:११
१९ साउन, काठमाडौं । चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पुरा भएको छ । आयोजक जहइन्टरटेनमेन्ट प्रा.लि.ले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरि अडिसनको तयारी पुरा भइसकेको जानकारी दिएको हो ।
जहइन्टरटेनमेन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेश कुमार चौधरीले यही साउन २१ गतेदेखि सुरु हुने अडिसनको तयारी पुरा भइसकेको जानकारी दिए । ‘लगभग अडिसनको तयारी पुरा भइसकेको छ, अडिसनको अघिल्लो दिनसम्म प्रतियोगिले आवेदन दिन सक्ने छन्,’–सिईओ चौधरीले भने ।
प्रतियोगितामा सहभागि हुन चाहने युवायुवतीहरुले आधिकारिक वेबसाइट रजिष्ट्रेशन डट जहइन्टरटेनमेन्ट डटकममा गई आवेदन दिन सकिने छ भने खल्ती एप मार्फत पनि आवेदन दिन सकिने छ । खल्ती एपबाट आवेदन दिँदा १० प्रतिशत क्यासव्याक समेत सुविधा पाउने छन् । आवेदन शुल्क रु.६०० तोकिएको छ ।
थारु समुदायको बाक्लो बसोबास रहेको देशका मुख्य–मुख्य शहरहरुमा अडिसन सुरु हुँदैछ । आयोजकका अनुसार साउन २१ गते (शनिबार) सुनसरीको झुम्का, पर्साको वीरगंज, चितवनको भरतपुर र बाँकेको नेपालगञ्ज, साउन २४ गते (मंगलबार) मोरङको विराटनगर, सिरहाको लहान र कैलालीको टिकापुर, साउन २८ गते (शनिबार) काठमाडौं, दाङ र बुटवलमा अडिसन हुँदैछ ।
अडिसनका लागि निर्णायकहरु तय गरिसकिएको इभेन्ट निर्देशक रुपेश चौधरीले जानकारी दिए । प्रारम्भिक चरणमै उत्कृष्ट प्रतियोगी छनोट गर्नका लागि आयोजकले तयारी व्यापक पारेको छ । अडिसनबाट छनौट भएकाहरुलाई भदौंमा अभिमुखीकरणमा सहभागि गराइने छ । त्यसलगत्तै प्रतियोगिताको ग्राण्ड फिनाले हुनेछ । प्रतियोगिताका विजेताले नगद, क्राउनलगायतका उपहार पाउने छन् ।
यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार र मिस थारु लिभा थारु भएकी थिइन् ।
पत्रकार सम्मेलनमा अडिसन कोअडिनेटर प्रधुम्न चौधरीलगायतले प्रतियोगिता बारे जानकारी गराएका थिए । कार्यक्रम जहइन्टरटेनमेन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल
मंसिर ९, २०८१ आइतबार
जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ९, २०८१ आइतबार
म्याद थप गर्न दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ९, २०८१ आइतबार
कोप–२९ सम्मेलनः धनी देशले प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति
मंसिर ९, २०८१ आइतबार
नहरमा हिउँदेबालीका लागि सिँचाइ
मंसिर ९, २०८१ आइतबार
कर्णाली करिडोर र हुम्ला करिडोर
मंसिर ९, २०८१ आइतबार