महाअभियोगको प्रस्ताव अघि नबढाउनु अर्को महाअपराध !
देवेन्द्र चुडाल
साउन २१, २०७९ शनिबार २२:४७:३
पछिल्लो समयमा परमादेशको पाँच दलीय शेरबहादुर देउवा सरकार प्रतिशोधको भावनाले अगाडि बढिरहेको छ । त्यसको प्रत्यक्ष प्रमाण हो सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि लगाइएको महाअभियोगको प्रस्तावलाई अघि नबढाइनु । सत्ताधारी गठबन्धनका ९८ जना सांसदले २०७८ फागुन १ गते संसदमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । महाभियोगको प्रस्ताव दर्ता गराएर उनीहरु चुपचाप बसेका छन् भने प्रस्ताव संसदमा वेवारिस अवस्थामा रहेको छ ।
महाभियोगको प्रस्ताव पारित हुन दुईतिहाई मतको आवश्यकता पर्ने भएपनि सत्ताधारी दलसँग दुईतिहाई मत नरहेको अवस्थामा उनीहरुले प्रतिशोध लिनैका लागि मात्र प्रस्ताव दर्ता गराएका थिए । संसदमा प्रस्ताव दर्ता गराएपछि त्यसको छिनोफानो गर्ने काम संसदकै भएको हुनाले किन उनीहरु अहिलेसम्म मौन रहेका छन् भन्ने प्रतिनिधिसभाका सभामुखले समेत सो प्रस्तावलाई कार्यान्वयन चरणमा लान सकेका छैनन् । महाभियोगको प्रस्तावलाई टुँगोमा पुर्याउन नेपाल वारले श्रावण १६ गते सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकषण गराएको छ । नेपाल वारका प्रतिनिधिहरुसँग कुरा गर्दै सभामुख सापकोटाले आफूले राजनीतिक दलहरुसँग कुरा गरेर प्रस्तावलाई अघि बढाउने आश्वासन प्रतिनिधि मण्डललाई दिएका भएपनि त्यसलाई पत्याईहाल्ने अवस्था देखिएको छैन ।
प्रस्तावलाई अघि बढाउन दलहरुले कुनै चासो समेत नदेखाएका र सत्ता गठबन्धनसँग दुईतिहाई मत समेत नरहेकोले गर्दा प्रमुख विपक्षी दल नेकपा एमालेको सहयोग र समर्थन विना प्रस्ताव पारित हुन सक्ने सम्भावना देखिँदैन । महाभियोगको संसदीय विशेषाधिकारले गर्दा प्रधानन्यायाधीश जबराको कार्य सम्पादन रोकिएको छ भने सर्बोच्च अदालत लगायत न्यायपरिषद् पनि कामु प्रधानन्यायाधीशको नेतृत्वमा सञ्चालन भईरहेको छ । मुलुकका प्रमुख तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका हुन् । न्यायपालिका लामो समयसम्म कामुको भरमा सञ्चालन हुनुले विभिन्न खालका विकृत्तिहरु उब्जिएका छन् । गत फागुन २८ गते प्रतिनिधिसभा सभाको सञ्चालन नियमावली अनुसार महाभियोग सिफारिस समिति गठन गरिएको भएपनि अहिलेसम्म प्रस्ताव सो समितिमा पठाइएको छैन ।
प्रस्ताव समितिमा पठाइएपछि तीन महिना ७ दिन भित्रमा प्रतिवेदनलाई पूर्णता दिइसक्नु पर्ने व्यवस्था नियमावलीमा रहेको छ । सात दिनको अवधि भने प्रतिवेदनको पुर्नविचारसहितको हो । तीन महिनाको समय भनेको मूल समिमतिलाई हो, समितिमा प्रस्ताव नपाएको अवस्थामा सो तीन महिना गणना हुने छैन । प्रस्ताव पारित हुने नहुने कुनै ठोस अवस्था नबन्दा प्रक्रियामा लैजान नै सभामुख र सत्ता गठबन्धनले चाहेका छैनन् । सत्ता गठबन्धनले जबराको कार्यकाल आगामी मंसिर २७ गतेसम्म रहने भएकाले सो कार्यकाल भरी महाभियोग प्रस्तावलाई अघि बढाउन चाहेको छैन ।
कुनै एक व्यक्तिलाई महाभियोगको प्रस्ताव संसदमा दर्ता गरेको अवस्थामा त्यसलाई टुँगो लगाउने काम प्रस्ताव दर्ता गर्ने दलहरुकै भएकाले उनीहरुले नै त्यसलाई टुँगोमा पुर्याउनुपर्ने हो । तर आफूहरुसँग दुई तिहाई मत नरहेको र प्रमुख विपक्षी दल नेकपा एमालेले समर्थन गर्ने नगर्ने टुँगो नलाग्दा सम्म सत्ता गठबन्धनले महाभियोग प्रस्तावलाई अघि नबढाउने र राणालाई निलम्बित अवस्थामै अवकाशमा जाने रणनीतिमा उनीहरु लागेका छन् । यसरी सत्ता गठबन्धनले प्रतिशोधको भावना लिएर महाभियोगको प्रस्ताव दर्ता गरेको प्रष्ट भएको छ ।
सत्ता गठबन्धनले राणामाथि २१ बुँदे आरोप लगाएको छ । जसमा कार्यकारी प्रधानमन्त्रीसँग भाग खोजेको, न्यायिक निष्ठा नरहेकाे विचलन देखिएको, न्याय सम्पादन प्रभावकारी रुपमा अघि बढाउन नसकेको तथा न्याय प्रशासनलाई प्रभावकारी रुपमा अघि नबढाएको जस्ता गम्भीर आरोपहरु लगाएका छन् । संसदमा संसदीय सुनुवाई क्रममा गरेका प्रतिवद्धता विपरित काम गरेको न्यायपालिकाको विकृत्ति, विसंगति, अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि चासो नदेखाएको लगायतका आरोप राणामाथि लगाइएको छ ।
यी बाहेक सहकर्मी न्यायधीशले नै बेञ्च सेयर नगरेको न्यायसेवा आयोग र न्यायपरिषद्लाई लामो समयदेखि बन्धक बनाएको पूर्व न्यायाधीश समाज र नेपाल वार एसोसियसन लगायतका संस्थाहरुले निरन्तर आन्दोलन जारी राखेकोले पनि महाभियोगको प्रस्ताव ल्याउनु परेको सूचनामा उल्लेख गरिएको छ । यस बाहेक संवैधानिक निकायका नियुक्ति विरुद्धका मुद्दाको सुनुवाई पदीय जिम्मेवारी विपरित गरेको निहित स्वार्थपूर्तिका लागि पदको दुरुपयोग गरेको उक्त मुद्दाहरुको प्रारम्भिक सुनुवाई समेत नगरेको सूचनामा उल्लेख गरिएको छ । यस्तै सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा जबराले न्यायिक विचलन देखाएको समेत आरोप लगाइएको छ ।
त्यसैगरी आफूले गरेको न्याय सम्पादनको विषयमा सार्वजनिक सञ्चारमाध्यममा प्रतिवाद गर्दै हिड्नुपनि आपत्तिजनक भएको सूचनामा उल्लेख गरिएको छ । यसरी प्रधानन्यायाधीश राणामाथि लगाइएका यस्ता गम्भीर आरोपलाई महाभियोग समितिले छानविन गरी टुँगोमा पुर्याउनु पर्नेमा ६ महिनासम्म प्रस्ताव दर्ता गर्ने सत्ता गठबन्धनले किन छलफल गर्न चाहिरहेका छैन ? आफूलाई वा गठबन्धनलाई सहयोग नगरेको भरमा यस्ता गम्भीर आरोप लगाएर लामो समयसम्म निलम्बित अवस्थामा राख्नु र कार्यकाल समाप्त हुन लाग्दा समेत महाभियोगको प्रस्ताव टुँगोमा पुर्याउन नसक्नु सत्ता गठबन्धन पाँच दलीय सरकारको अर्को महाअपराध हो ।
हुनत परमादेशको शेरबहादुर देउवा नेतृत्वको सरकार र पाँच दलीय गठबन्धनले आफ्नो स्वार्थ पूरा नभएको अवस्थामा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई समेत बर्खास्त गरेको थियो । अर्थमनत्री जनार्दन शर्माले अवैधानिक रुपमा नेपालमा भित्र्याएको रकम फुकुवा गर्न आदेश दिएका र सो आदेश अस्वीकार गरेकै कारण गर्भनर अधिकारी बर्खास्त भएका थिए तर उनलाई सर्बोच्च अदालतले पुनबहाली गराएको छ । पाँच दलीय गठबन्धनको सरकारले अनेक प्रकारका बेथितिहरु गर्दै आएको र मुलुकको अर्थतन्त्र नै संकटमा पु¥याएको छ ।
विगतको केपी ओली नेतृत्वको सरकारलाई दोष लगाएर आफू पानी माथिको ओभानु बन्ने प्रयासमा अर्थमन्त्री जनार्दन शर्माले गरेको हर्कत र अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दरमा हेरफेर गर्ने जिम्मेवारी दिइनु अर्को अपराधपूर्ण कार्यको नौटंकी गरियो । २०७९/८० को बजेट निमाणको क्रमा अर्थमन्त्री जनार्दन शर्माले गरेका हर्कत र अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दरमा हेरफेर गर्ने जिममेवारी दिइनु अर्को अपराधपूर्ण कार्य भएपनि अर्थमन्त्रीलाई शर्मालाई चोख्याउने रणनीतिका साथ संसदीय छानविन समितिको नौटंकी गरियो । ११ सदस्यीय समितिमा गठबन्धनका ७ जना र विपक्षी दलका ४ जनालाई सदस्यमा राखिनु नै शर्मालाई चोख्याउने पहिलो कदम थियो ।
संसदीय छानविन समितिले कुनै छानविन र अध्ययन विनै प्रतिवेदन तयार गरी सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ बहुमतका आधारमा मन्त्री शर्मालाई निर्दोष सावित गरिएको भएपनि नेकपा एमालेका संसदीय छानविन समितिमा रहेका सदस्यहरुले २७ बुँदे छुट्टै विरोध पत्र दिएका छन् । प्रतिवेदन सभामुखलाई बुझाएको पर्सीपल्ट नै जनार्दन शर्मा अर्थमन्त्रीमा पुन नियुक्त भएका हुनाले संसदीय छानविन समिति गठन गर्नु अघि उनले राजिनामा दिएका र प्रधानमन्त्री र माओवादी अध्यक्षले मन्त्री शर्मालाई पुन अर्थमन्त्री बनाउने आश्वासन दिएका हुनाले उनले राजिनामा दिएको रहस्य खुलेको छ ।
पछिल्लो सममयमा मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको छ । शर्माकै कारण अर्थतन्त्र संकटमा परेको आरोप विज्ञहरुले लगाउँदै आएका भएपनि त्यसलाई वेवास्ता गर्दै फेरी शर्मालाई नै अर्थमन्त्री बनाइनुले बजेट निर्माण गर्ने क्रममा प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सल्लाहामै नै अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दरमा हेरफेर गरी समिति व्यक्ति उद्योगी र व्यावसायिहरुलाई फाइदा पु¥याएको प्रष्ट भएको छ ।
अर्थमन्त्रीले अर्थ मन्त्रालयमा रहेका अधुरा कार्यहरुलाई पूरा गर्ने भएका छन् । संसदीय छानविन समितिले उनलाई निर्दोष सावित गरेपनि जनताले भने उनलाई दोषी करार गरिसकेका छन् । नेपाल आयल निगमलाई टाट पल्टाएर निजी क्षेत्रलाई पेट्रोलिमय पदार्थको कारोबार गर्ने जिम्मेवारी दिने कार्यले तिव्रता पाएको छ ।
अर्थन्त्रीकै सल्लाहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा समिति बनाइएको छ । त्यो समितिको प्रतिवेदन पछि नेपाल आयल निगमलाई निजीकरण गर्ने प्रक्रिया सुरु हुनेछ यसरी देउवा सरकार र पाँच दलीय गठबन्धनले गर्दा मुलुक नै फेरी संकटमा फस्न सक्ने सम्भावना रहेकाले गर्दा अब आम जनताले नै जागरुकता देखाउनुपर्ने बेला आएको छ ।
देवेन्द्र चुडाल
वरिष्ठ पत्रकार देवेन्द्र चुँडाल काठमाडौंबाट प्रकाशित हुने अभियान साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक हुन् । विगत चार दशकदेखि नेपाली पत्रकारिता जगतमा निरन्तर क्रियाशील उनी राजनीतिक, सामाजिक विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँछन् ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार