के डिप्रेसनमा छिन् सामन्था ?

नेपालबहस संवाददाता
साउन २०, २०७९ शुक्रबार १६:५४:५

२० साउन, काठमाडौं । साउथ फिल्म स्टार सामन्था रुथ प्रभु मिडिया छाइरहने अभिनेत्रीमा पर्छिन् । कहिले विवाद र कहिले चर्चाले उनलाई मिडियाले कहिल्यै छोड्दैन । ‘द फेमिली मेन’ र ‘पुष्पा’को गीत ‘ऊ अटावा’को सफलतापछि उनको फ्यान फलोइङ ह्वात्तै बढेको छ ।
पेन इण्डियाको प्रोजेक्टमा अनुबन्धित भएपछि उनी प्रायः मुम्बई र हैदराबादको यात्रा गरिरहन्छिन् । हालैमात्र उनी मुम्बई एयरपोर्टमा भेटिइन् । जसको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको तस्बिर हेर्दा अधिकांशले उनलाई डिप्रेसन भएको अनुमान लगाएका छन् ।
एयरपोर्टमा उनी निकै सामान्य लुक्समा देखिएकी थिइन् । उनको हातमा एक पुस्तक पनि थियो । जुन पुस्तकमा लेखिएको क्याप्सनमा इन्टरनेट प्रयोगकर्ताको आँखा पुगेको थियो । पुस्तकको नाम ‘यू क्यान हील योर लाइफ’ लेखिएको थियो ।
सामन्थाको हातमा यो पुस्तक देखेपछि अधिकांशले डिप्रेसनको आँकलन गरेका छन् । कतिपयले नागासँगको सम्बन्धविच्छेदपछि त्यसको ह्याङओभर अझै रहेको उल्लेख गरेका छन् । नागा र सामन्थाले गत वर्षको अक्टोबरमा सम्बन्धविच्छेद गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरश्मिका मन्दनाका तीन फिल्मले कमायो तीन हजार एक सय ६५ करोड
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
‘सनम तेरी कसम’ बन्यो रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार