छाडा चौपायाका कारण किसानलाई हैरानी
नेपालबहस संवाददाता
साउन २०, २०७९ शुक्रबार १७:१५:८
२० साउन, भजनी । कैलालीको जोशीपुर गाउँपालिका–४ का श्यामसुन्दर चौधरीले यस वर्ष जसोतसो दुई बिघा जग्गामा धान रोपेका छन् । समयमै मल नपाउँदाको पीडा र समयमा वर्षा नहुँदा सिँचाइका लागि पाएको दुःख नमेटिदै छाडा चौपायाका कारण समस्या भएको छ । उजको एक बिघामा लगाएको धान छाडा चौपायाले एक रातमै सखाप पारे ।
“भर्खरै मल हालेर धान हरियो हुन लागेको थियो । एकै रातमा चौपायाले खाएर सिध्याए”, चौधरीले भने, “किन खेती लगाएछु जस्तो लागिरहेको छ । कहिले प्राकृतिक प्रकोपले दुःख दिन्छ त कहिले चौपायाले ।” प्राकृतिक प्रकोपले क्षति गर्दा सबैको हुने भएकाले चित्त बुझाउने ठाउँ रहने उल्लेख गर्दै उनले चौपायाले दिएको दुःख खेपनसक्नुको भएको पीडा सुनाए ।
सोही ठाउँका राजाराम चौधरीको समस्या पनि उस्तै छ । वर्षभरिका लागि खान पुग्ने खेत एकै दिनमा छाडा चौपायाले सखाप पार्न थालेपछि उनले खेतमा तारजालीले घेरबारसमेत गरेको बताए । चौपायाले सताउन थालेपछि राजारामले खेतको मुख्य भागमा घेरबार गरे । “घेरबार गरे पनि खेती जोगाउन सकिएको छैन”, उनले भने, “अरुको खेतबाट चौपाया पसेर बाली नष्ट गर्छन् । हिउँदमा भए खेतमै बस्न पनि सकिन्थ्यो । बर्खाको समयमा खेतमा चौपायाको रेखदेखका लागि रातभर बस्न सक्ने अवस्था पनि छैन ।”
कैलाली र कंचनपुरका अधिकांश क्षेत्रका किसानका लागि छाडा चौपाया समस्या बन्दै गएका छन् । चौपाया व्यवस्थापनका लागि प्रायः सबै स्थानीय तहले काम गर्दै आएको भए पनि त्यसको प्रभावकारिता देखिएको छैन । चौपायाका कारण किसानमात्रै नभई व्यापारी पनि हैरान छन् । भजनी नगरपालिका–१ मा दूध डेरी संचालन गर्दै आएका मनु खत्रीले साँझ पसल बन्द गर्दासम्म पसलको आँगन निकै सफा हुन्छ । तर बिहान पसल पुग्दा उनको आँगनमा चौपायाको मलमूत्रमात्रै हुन्छ । ट्रस्ट भएका कारण बजारभरिका चौपाया त्यहीँ केन्द्रित हुन्छन् ।
चौपायाले बजार क्षेत्र र सडक नै जाम गरेर बस्दा त्यसले दुर्घटनाको जोखिम समेत बढाएको छ । बस चालक कुमार क्षेत्री छाडा चौपायाका कारण दुर्घटनासमेत बढेको बताउछन् । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी चौपायाको समस्या समाधान गर्न योजना नै बनाउनुपर्ने बताउछन् । “एउटा पालिकाले व्यवस्थापन गरेर मात्र हुन्न, सबैले गर्नुपर्छ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार