निर्वाचनको सरगर्मीमा दलहरुको रस्साकस्सीः कांग्रेसले बहुमत सीट आउने गरी सबैलाई मिलाएर जान सक्ला ?
भेषराज पोखरेल
साउन २०, २०७९ शनिबार १:१०:३५
संघ र प्रदेशको निर्वाचन मंसिर ४ गतेलाई तोकिएकाे छ । संविधानको प्रावधान अनुसार मंसिर ४ गतेसम्म निर्वाचन गर्नैपर्ने भएकाले सरकारले सो समय तोकेको हो । समय तोकिएसँगै दलहरु निर्वाचनको जोड–घटाउ र रणनीतिक योजना बनाउन लाग्न थालेका छन् । हुन त स्थानीय निर्वाचनले पनि दलहरुलाई अबको रणनीति कस्तो बनाउने ? गुमेको जनमत कसरी फर्काउने र आउँदो निर्वाचनमा आउने चुनौती कसरी सामना गर्ने भन्ने कुरामा सोच्ने अवस्थामा पुर्याएको थियो नै ।
स्थानीय निर्वाचनको परिणामले सत्ता गठबन्धनलाई तोड्न नसके बहुमतमा आउन सकिने रहेनछ भन्ने कुरामा एमालेका अध्यक्ष केपी ओली र एमाले पुगे पनि अहिलेसम्म त्यो सफल हुन सकेकाे छैन् । गठबन्धनलाई जसरी पनि टिकाउन सकिएन भने बहुमतमा आउन सकिँदैन भन्नेमा ढुक्क रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि पार्टीलाई अहिलेसम्म यही बाटोमा हिँडाउन सफल भएका छन् ।
माओवादी केन्द्रले स्थानीय निर्वाचनमा केही राम्रो परिणाम हात पारेपनि कांग्रेस वा एमालेसँग गठबन्धन गरेर नगए संघ र प्रदेश निर्वाचनमा अस्तित्व जोगाउन सकिँदैन भनेर त्यही अनुसार गृहकार्य गर्दैछ । एकीकृत समाजवादीका नेताहरु एक्लै निर्वाचनमा गएर दल र नेताहरुको अस्तित्व रहने कल्पना गर्ने अवस्थामा पनि छैन । यति हुँदाहुँदै पनि सीट बाँडफाँडमा कस्ता चुनौती आउने हुन् ? स्वतन्त्रहरुबाट कस्ता चुनौती खडा हुने हुन् ? भन्ने कुराले नेताहरुको निदहराम गरेको छ ।
स्थानीय निर्वाचनमा कांग्रेसभन्दा धेरै कम पालिकामा जितेको भएपनि जनमतको आधारमा पहिलो पार्टी नै छ भन्दै आएको एमालेले आगामी केन्द्र र प्रदेशको निर्वाचनमा जसरी पनि बहुमत ल्याउने बताउँदै आएको छ । केपी ओली र उनको वरिपरिका नेताहरूले गठबन्धन टुटाउन सके कुनै दवाव बिना बहुमत ल्याउने सोचेकोमा त्यो सफल नहुने भएपछि धर्म र राष्ट्रियतालाई दह्रोसँग उठाएर जनतासमक्ष जाने योजना बनाएका छन् ।
विकास त छँदैछ तर तीन वर्षभन्दा बढी समय झण्डै बहुमतका साथ सत्ता चलाउँदा देखाउने गरी विशेष उपलब्धि हुन सकेन । त्यो समयमा भ्रष्टाचार निर्मूल गर्छु, भ्रष्टाचार हुन दिन्न भने पनि त्यस्तो हुन सकेन, बरु बिचौलिया दलाली हावी हुन गएकाले विकास र सुशासनलाई मुख्य मुद्दा बनाएर जनतामाँझ जाँदा नपत्याउने डर एमाले नेताहरुलाई छ । स्थानीय निर्वाचनमा जस्तै सीट नपाएको झोंकमा आफ्नै दलका उम्मेदवारलाई हराउने जुन लहर चल्यो त्यो अहिले बढेर जाने हो कि भन्ने डर पनि प्रवल छ ।
नेपाली कांग्रेस स्थानीय निर्वाचनको परिणामले केही ढुक्क देखिएपनि गठबन्धनमा भागबण्डा मिलाउन सकिन्छ कि सकिँदैन ? गठबन्धन गर्दा आफ्नो दलका प्रभावशाली नेताहरु बाहिर पर्दा चुनावी लहर कस्तो आउने हो ? संस्थापन इतर पक्षलाई एकजुट गराएर लैजान सकिन्छ कि सकिँदैन भन्ने कुराले अन्योलमा छ । अहिले गठबन्धन सरकारको नेतृत्व गरेको कांग्रेसले जनतामाँझ जाने हार्दिक बाटो बनाएको छ कि पूरै रुपमा गठबन्धनमा भर पर्ने अवस्था छ ? सामन्य रुपमा विश्लेषण गर्दा सरकारका काम गराइबाट जनता खुशी देखिएका छैनन् । जनतालाई हामीलाई बहुमत देऊ, हामी देशलाई पूर्णरुपमा लोकतान्त्रिक सरकार दिन्छौं, विकासको लहर ल्याउँछौं, भ्रष्टाचार हटाउँछौं, सुशासन दिन्छौं भन्न सक्ने अवस्था कांग्रेस नेतृत्वको सरकारले बनाउन सकेन ।
अझ देउवा नै भावी प्रधानमन्त्री बन्ने अवस्थामा जनता भड्कन सक्ने अवस्था छ । सभापति देउवाले अहिलेसम्म अपनाएको फितलो नेतृत्व शैली र आफ्नालाई च्याप्ने, प्रतिस्पर्धीलाई सकेसम्म पर धकेल्ने नीतिले भने दलभित्रै खटपट सिर्जना हुनेछ । होइन सक्षम युवाहरुले निर्वाचन लड्ने अवसर पाए, सकेसम्म प्रधानमन्त्री बनाउन पनि उनीहरुलाई नै प्राथमिकता दिने नीति अगाडि सारियो र उपयुक्त नेतालाई उपयुक्त स्थान दिइयो भने कांग्रेस गठबन्धनकै भर पर्नु नपर्ला ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अबको निर्वाचनमा सकेसम्म यही गठबन्धनलाई निरन्तरता दिइयो भने नेकपा विभाजनको औचित्य पुष्टि गर्न पनि सकिने र आफ्नो दलको अस्तित्व पनि रहने निष्कर्षमै छन् । यही गठबन्धन रहे कांग्रेससँग सकेसम्म धेरै राजनीतिक लाभ लिन सकिने दाउमा छन् ।
भन्न त उनले माओवादी केन्द्रलाई सबैभन्दा ठूलो दल, दोस्रो ठूलो दल बनाउने भन्दै छन् । सो दलका केही नेताहरु भने एमालेसँग गठबन्धन गरे लामो समयसम्मै आफ्नो राजनीतिक भविष्य सुरक्षित होला कि भन्नेमा छन् । जसले गर्दा अझ पनि एमालेसँग गठबन्धन गरेर वा सहकार्य गरेर वा एकीकरण गरेरै पनि जान सकिन्छ भनिरहेका छन् । स्थानीय निर्वाचनमा ठीकै संख्याका पलिकामा जित हासिल गरे पनि संघ र प्रदेशमा अस्तित्वपूर्ण जित निकाल्न त्यति सजिलो छैन भन्ने नेताहरुलाई महसुस भएको देखिन्छ । केन्द्र सरकारमा संलग्नता, प्रदेश सरकारको नेतृत्व र संलग्नताले गरेका कामले माओवादीलाई मत दिँदा हाम्रो हित हुन्छ, भ्रष्टाचार रोकिन्छ, सुशासन कायम हुन्छ भन्नेमा जनता कँही कतै ढुक्क भएको देखिन्न ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दललाई एमालेकै हाराहारीमा उभ्याएरै छाड्ने भन्दै आएका छन् । स्थानीय निर्वाचनमा आफूहरु ठगिएको अभिव्यक्ति दिँदै आएका छन् तर गठबन्धन नभएको भए पोखरा महानगर र हेटौंडा उपमहानगरमा जित हासिल हुने थिएन । देशभर संगठन नै बनाउन नसकेको दलले यसभन्दा बढी आशा गर्न त सकिन्छ तर सार्थक हुने कुरा भएन । अब संघ र प्रदेश निर्वाचनमा पनि उसलाई त्यति सहज हुनेछैन । गठबन्धनबाट सकेसम्म बढी सीट लिने प्रयास त हुने नै भयो, प्रभावशाली सबै नेतालाई टिकट दिन सकिएन भने उनीहरु एमालेतिर जानसक्ने अवस्था बन्दै गएको देखिन्छ । नेपाल र केही नेताबाहेक अधिकांश नेताहरुले कांग्रेससँग गठबन्धन गर्नुभन्दा एमालेसँगै गठबन्धन, सहकार्य वा एकीकरण गरेर जानुपर्छ भनिरहेका छन् । यसो भन्नुको मुख्य कारण हो एमालेतिर गइयो भने लामो समयसम्म आफूहरुको राजनीतिक भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने । यस्तो अवस्थामा यो दलमा छटपटी दह्रै हुने नै भयो ।
कांग्रेसको संस्थापन पक्षले गठबन्धन गर्ने विषयलाई सहजतासँग लिए पनि त्यसलाई व्यवस्थित रुपमा अन्तिम टुंगोमा पुर्याउन ज्यादै कठिन छ । गठबन्धनका दलहरुलाई सीट विभाजन मिलाउन सजिलो छैन । गठबन्धनका सबै दलहरु यही मोलमोलाइबाट आफ्नाे राजनीतिक अस्तित्व मात्रै होइन दह्रो उपस्थिति बनाउनुपर्छ भन्ने मानसिकतामा छन् । यो सामान्य विषय बन्ने छैन । अर्को, आन्तरिक रुपमा पनि कांग्रेसलाई सीट वितरण गर्न सजिलो छैन ।
क्षमतावान नै नपाउने र क्षमतै नभएकाले आफ्नो विकल्प नभएको भन्ने मानसिकता हावी छ । यस्तो अवस्थामा उपउक्त निर्णय गर्न सकिएन भने कांग्रेसले आन्तरिक रुपमै खिचातानी व्यहोर्नु पर्नेछ भने स्थानीय निर्वाचनमा जस्तै बागी उठ्ने तथा आफ्नै दलका नेतालाई असहयोग गर्ने अवस्था डरलाग्दो रुपमा अगाडि आउनेछ । यसमा संस्थापन पक्ष कति समझदार बन्छ कांग्रेसको राजनीतिक भविष्य त्यसैमा अडिने निश्चित छ ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार