भत्किएको नाला यथाशीघ्र बनाउन मुख्यमन्त्री र भौतिकमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
साउन २०, २०७९ शुक्रबार २२:५५:३८
२० साउन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१२ मा निर्माणधीन नाला काम नसकिँदै भत्किएपछि चौतर्फी आलोचना बढेको छ । काम गर्दागर्दै नाला भत्किएपछि निर्माण कम्पनी र सम्बन्धित सरोकारवाला निकाय पूर्वाधार विकास निर्देशनालय सुर्खेतप्रति स्थानीयले आक्रोश पोखेका छन् ।
हटलाइन सडकअन्तर्गत औद्योगिक क्षेत्र टोलदेखि नेवारेसम्म निर्माण हुन लागेको करिब पाँच सय मिटरमध्ये ५० मिटरभन्दा बढी नाला १८ साउनमा ठेकेदार र प्राविधिकको लापरवाहीले भत्किएको हो । तर अविरल वर्षाका नाला भत्किएको भन्दै निर्माण कम्पनी र सम्बन्धित कार्यालयले मापदण्डमा ध्यान नदिएको पाइएको छ । नाला भत्किएपछि निर्माण कम्पनी तथा ठेकेदार र सरकारी प्राविधिकप्रति विभिन्न आरोप लगाउँदै आलोचना बढेको छ ।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही र भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले भत्किएको नाला निरीक्षण गर्दै यथाशीघ्र बनाउन निर्देशन दिएका छन् । शुक्रबार दिउँसो नाला निरीक्षणपछि निर्माण कम्पनीलाई गुणस्तर देखिने गरी निर्माण कार्य सम्पन्न गर्न उनीहरूले निर्देशन दिएका हुन् ।
नाला भत्किनुको यथार्थ कारण पत्ता लगाई निर्माणको क्रममा भएका कमीकमजोरी गर्ने ठेकेदार र प्राविधिक दुवैलाई आवश्यक कारकाही गर्नुपर्ने स्थानीयको माग छ । नाला निरीक्षणको क्रममा बोल्दै भौतिक पूर्वाधार मन्त्रालयका सचिव प्रेमदत्त भट्टले निर्माण कम्पनीले आफूखुसी काम गरेकोले नाला भत्किन पुगेको तर्क गरे ।
तर निर्माण कम्पनीका साइड म्यानेजिङ डाइरेक्टर रामलालनाथ योगीले प्राकृतिक प्रकोपका कारण नाला भत्किए पनि सरकारी प्राविधिकको दबाबमा काम गर्नुपर्दा स्टिमेटभन्दा बाहिर जाँदा नाला भत्किएको स्विकारेका छन् । आरसीसी नाला बनाउनुपर्नेमा प्लम नालाको ०।५ मिटर स्टिमेट गरिएको र त्यही पनि सरकारी प्राविधिकको दबाबमा सडक लेवलमा ९स्टिमेटभन्दा बाहिर गएर० नाला बनाउन खोज्दा समस्या आएको निर्माण कम्पनीका सुपरभाइजर शालिकराम आचार्यले बताए ।
उनका अनुसार पूर्वाधार विकास निर्देशनालय सुर्खेतको ६ वटा प्याकेजअन्तर्गत करिब एक करोड लागतमा विध्या एन्ड कालिका निर्माण सेवाले ठेक्का लिएको हो । गत आर्थिक वर्षको चैतबाट निर्माण सुरु भएको यो नाला असार मसान्तमै सम्पन्न हुनुपर्ने थियो । तर, कम्पनीको ढिलाइले नाला निर्माणले तीव्रता पाउन सकेको छैन । मापदण्ड नपुर्याएका कारण नाला बीचैमा भत्किएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर सूर्य शाहीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
तस्करीमा पर्सा प्रहरीको कारबाही, ६८ लाखको सामान बोकेको ट्रक नियन्त्रणमा
मंसिर १०, २०८१ सोमबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार