कार्यविधि नहुँदा खुला कारागार संचालन हुन सकेन
नेपालबहस संवाददाता
साउन २०, २०७९ शुक्रबार २३:०:५१
२० साउन, राँझा । बाँकेको गनापुरमा दुई वर्षअघि नै खुला कारागारको संरचना तयार भए पनि कार्यविधि नभएका कारण सञ्चालन हुन सकेको छैन । नेपालगंज नजिकै रहेको जानकी गाउँपालिका–६ स्थित गनापुरमा करिब रु एक करोड ७५ लाख लागतमा ३६ कोठे खुला कारागार भवन दुई वर्षअघि निर्माण भइसकेको छ । खुला कारागार परिसरमा एकदशकअघि नै निर्माण भएको साढे दुईतले १८ कोठे प्रशासनिक भवन जीर्ण हुँदै गएको छ ।
खुला कारागारलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण भए पनि संचालन कार्यविधि नबनेका कारण कारागार विभागले त्यहाँ कैदी राख्न नसकेको बाँके जिल्ला कारागार प्रमुख जेलर रामकुमार सोनकरले बताए ।
उहाँका अनुसार, दुई तिहाइ कैद भुक्तान गरिसकेका र आचरण सुधार भएका कैदीलाई निश्चित शर्तका आधारमा खुला कारागारमा राख्ने अवधारणाअनुसार बाँकेको गनापुरमा खुला कारागार स्थापना गरिएको हो । खुला कारागार संचालन कार्यविधि नबन्दै भौतिक संरचना निर्माण भएका कारण अहिले संरचना बेवारिसे अवस्थामा पुगेका हुन् । खुला कारागार संचालनका लागि सुझाव पठाए पनि विभागबाट आवश्यक कार्यविधि र निर्देशन नआएको जेलर सोनकरको भनाइ छ ।
खुला कारागारमा कैदी बस्ने ३६ कोठे दुई वटा भवन छन् । दुवै भवनमा कैदीका लागि ६–६ वटा शौचालय छन् । खुला कारागार परिसरमा निर्मित कारागार भवन र प्रशासनिक भवन एकजना चौकीदारको भरमा छोडिएको छ ।
संरचना निर्माण भएको ठाउँमा खुला कारागारको छ बिघा र तत्कालीन कृषि ज्ञान केन्द्रको दुई बिघा जमिन छ । उक्त जमिन खुला कारागारमा राखिएका कैदीलाई खेतीका लागि दिने नीति अघि सारिएको थियो । “कैदीले दिनभरि खेतीपातीको काम गर्ने र बेलुकी खुला कारागारमा आएर हाजिरी लगाउने र त्यहीँ बस्ने अवधारणाका साथ खुला कारागार बनाइएको हो”, जेलर सोनकरले भने ।
खुला कारागारका संरचना प्रयोगविहीन भइरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्न बाध्य रहेका छन् । तीन सय ५० जना क्षमताको कारागारमा सात सय ५६ कैदीबन्दीलाई व्यवस्थापन गर्न समस्या भएको जेलर सोनकरले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार