वालिङका उद्यमीलाई वित्तीय साक्षरता र नविनतम प्रयोगबारे छलफल
नेपालबहस संवाददाता
साउन २१, २०७९ शनिबार २३:२३:५३
२१ साउन, वालिङ । वालिङका उद्यमीलाई बित्तिय साक्षरता र नविनतम प्रबिधिको प्रयोगबारे छलफल गरिएको छ । वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुले उत्पादनसँगै आधुनिक प्रबिधिको प्रयोग गरेर बजारीकरण गर्न आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा बोल्ने कृषक तथा उद्यमीहरुले आधुनिक प्रबिधिको प्रयोग र महत्वका बारेमा खुलेर बहस गरेका थिए ।कार्यक्रममा बोल्दै युएनडीपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेशका प्रमुख सुदिप अर्यालले समय सापेक्ष प्रबिधिको प्रयोगले सहजै व्यवसाय प्रवद्धन गर्न सकिने बताए ।
उत्पादन मूलक कामसँगै उचित प्रचार प्रसार गर्न सक्ने हो भने व्यवसाय सहजै फस्टाउन सक्ने उनको भनाई छ । कृषक र उद्यमीहरुको समस्या समाधानमा समेत आधुनिक बित्तिय प्रबिधिको प्रयोगले सहज हुने अर्यालको भनाई छ । आधुनिक प्रबिधिको प्रयोग गरेर बजारी करण गर्ने तरिकाको बारेमा समेत अर्यालले जानकारी गराएका थिए ।
उद्यमी अनुकुल बातावारण बनाउन नगरपालिकामा सञ्चालनमा ल्याईएको ईबिकले सबैलाई सहयोग गर्ने प्रमुख अर्यालको भनाई छ । वालिङ नगरपालिका र युएनडीपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको ‘हरित पुनःउत्थान तथा कोभिड-१९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा बोल्दै वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्याप्टेन यामबहादुर गुरुङ, दियालो संस्थाका कोषाध्यक्ष सीता डुम्रे लगायतले बोलेका थिए । दियालो संस्थाका सचिव सीता गौडेल गैह्रेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन परियोजना प्रमुख राधाकृष्ण डुम्रेले गरेका छन्।
कार्यक्रमका सहभागी कृषक तथा उद्यमीहरुले आ-आफ्ना समस्याहरु खुलेर बताएका थिए । सरोकारवालाहरुले आफूहरुलाई काम गर्ने वातावरण बनाई दिने हो भने आफूहरु जति पनि उत्पादन गर्न तयार रहेको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार