अधिकांश बैंकको वित्तीय विवरण उकालो लाग्दा सानिमा बैंक किन लाग्यो ओरालो ?
आर्थिक संवाददाता
साउन २२, २०७९ आइतबार १६:५५:२७
२२ साउन, काठमाडाैं । गत आर्थिक वर्ष ०७८/७९ मा ३ वटा वाणिज्य बैंक बाहेक सबै वाणिज्य बैंकले मुनाफा बृद्धि गर्न सफल भएकोमा सानिमा बैंकपनि ती ३ बैंकको सूचीमा परेको छ । बैंकहरुको मुनाफा औसतमा २३ प्रतिशतले बृद्धि हुँदा सानिमा बैंकको मुनाफा भने घट्न पुगेको हाे ।
शेयरधनीको हिसाबबाट हेर्दा निकै महत्वपूर्ण वितरणयोग्य मुनाफामा पहिरो गएको छ । बैंकको वितरणयोग्य मुनाफामा १३ प्रतिशतको गिरावट आएको छ । खराब कर्जा पनि बृद्धि भएको यस बैंकको लाभांश क्षमता पनि निकै न्यून देखिएको छ । एनआरएनको मुख्य लगानी रहेको मानिने सानिमा बैंकमा जीवा लामिछाने मुख्य लगानी रहेको छ । एनआरएनका पूर्वअध्यक्षसमेत रहेका लामिछाने यस बैंकमा अध्यक्ष रहीसकेका छन् भने उनी नै बैंकका हर्ताकर्ताका रुपमा रहेका छन् ।
सानिमा बैंकको संचालक समितिको अध्यक्षमा हाल तुकप्रसाद पौडेल छन् भने अन्य संचालकमा गायत्री थापा, भरतकुमार पोखरेल, महेश घिमिरे, बलराम पराजुली र डा. केशवप्रसाद आचार्य छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा निश्चलराज पाण्डे प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् भने तेजबहादुर चन्द नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।
बैंकबाट केही ठूला शेयरधनीहरु निस्कन खोजिएको बुझ्न सकिन्छ । केही समय अघि कम्पनीका केही व्यक्तिगत र केही संस्थागत लगानीकर्ताको लाखौं कित्ता संस्थापक शेयर बिक्री गर्न सूचना आएको थियो । सूचना आएका लगानीकर्ताको कम्पनीमा शून्य दशमलव ५ प्रतिशत भन्दा धेरै शेयर हिस्सा रहेको थियो ।
अब बैंकलाई मर्जरको प्रेसर पर्न थालेको देखिएको छ । बैंकको प्रस्तुतीप्रति बैंकका शेयरधनीहरु यो पटक खुशी रहेनन् । चौथो त्रैमास भनेको लाभांशको लागि निकै महत्वपूर्ण त्रैमास हो । यही त्रैमासमा गतिलो वित्तीय प्रतिवेदन आउन नसक्दा लगानीकर्ताहरु निराश भएका छन् ।
बैंकको आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमास र आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
खुद मुनाफामा गिरावट :
अघिल्लो आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा २ अर्ब ३१ करोड खुद मुनाफा गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म जम्मा २ अर्ब २९ करोड खुद मुनाफा पुगेको छ। सम्पूर्ण वाणिज्य बैंकहरुको मुनाफा औसतमा २३ प्रतिशतले बृद्धि हुँदा सानिमा बैंकको मुनाफा भने घट्न पुगेको हाे ।
प्रमुख आम्दानीको श्रोतमा सामान्य वृद्धि :
बैंकहरुको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी जम्मा ५ प्रतिशतले मात्र बृद्धि हुन सफल भएको छ । अघिल्लो आर्थिक वर्ष ४ अर्ब ५२ करोड खुद व्याज आम्दानी गरेको बैंकले अहिले ४ अर्ब ७६ करोड खुद व्याज आम्दानी गरेको छ ।
प्रतिशेयर आम्दानी घट्यो :
पुँजी वृद्धि हुनु तर मुनाफामा आएको गिरावटको कारणले गर्दा अघिल्लो आर्थिक वर्षमा २३ रुपैयाँ ९४ पैसा रहेको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २० रुपैयाँ २४ पैसामा झर्न पुगेको छ । प्रतिशेयर आम्दानी करिब १५ प्रतिशतले घटेको छ ।
संचालन मुनाफा पनि घट्यो :
संचालन मुनाफा घट्दै ३ अर्ब २५ करोड पुगेको छ ।
वितरणयोग्य मुनाफा पनि घट्यो :
शेयरधनीको पक्षबाट हेर्दा वितरणयोग्य मुनाफालाई निकै महत्वपूर्ण रुपमा हेरिन्छ । बैंकको वितरणयोग्य मुनाफा अहिले १ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म बैंकको वितरण योग्य मुनाफा १ अर्ब ६८ करोड थियो । एक वर्षको अवधिमा वितरणयोग्य मुनाफामा १३ प्रतिशतले घटेको छ ।
किताबी मूल्य पनि घट्यो :
बैंकको प्रतिशेयर नेट्वर्थ (किताबी मूल्य) १५१ रुपैयाँ ०१ पैसा छ । अघिल्लो वर्षसम्म बैंकको किताबी मूल्य १५३ रुपैयाँ थियो । प्रतिशेयर नेट्वर्थ घट्नुलाई वित्तीय हिसाबमा त्यति राम्रो मानिदैन।
खराब कर्जा बढ्यो :
अघिल्लो आर्थिक वर्षमा शून्य दशमलव १२ प्रतिशत रहेको खराब कर्जा वृद्धि हुँदै शुन्य दशमलव ३५ प्रतिशत पुगेको छ ।
निक्षेप र कर्जामा राम्रो सुधार :
वित्तीय विवरण राम्रो नआएपनि कम्पनीको निक्षेप र कर्जा प्ररिचालन भने राम्रो हिसाबले वृद्धि भएको छ। निक्षेप संकलन २२ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ५७ अर्ब पुगेको छ भने कर्जा प्रवाह १५ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ३७ अर्ब पुगेको छ ।
जगेडा कोषमा बृद्धि ,संचित मुनाफा घट्यो :
बैंकको जगेडा कोष करिब २३ प्रतिशतले वृद्धि भएर ४ अर्ब ३० करोड पुगेको छ भने संचित मुनाफा १५ प्रतिशतले कम हुँदै १ अर्ब ४६ करोड पुगेको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार