वीरगंजमा छ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार १६:५०:१६
२२ साउन, वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१६ मा मधेस प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नति सुरु भएको छ । प्रदेशको सरकारको कूल रु छ करोड ५३ लाखको लागतमा लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक स्तरोन्नति थालनी गरिएकोे हो ।
मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत वीरगंज कार्यालयको रेखदेखमा आगामी २०८० साल पुस ८ गते सम्म यो सडकखण्डको निर्माण सम्पन्न हुने जनाइएको छ । उक्त सडक स्तरोन्नतिको काम शिवा कन्स्ट्रक्सन प्रालि, काठमाडौँले पाएको हो ।
वीरगञ्ज –१६ नगवादेखि साढे चार किलोमिटर लम्बाइको सडक निर्माणका लागि काम सुरु भएको छ । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत सडक निमार्णको योजना अघि बढाइएको हो ।
पालिकाबाटै अनलाइन फाराम
सेवाग्राहीको सहजताका लागि बारा जिल्लामा पनि सम्बन्धित पालिकास्तरबाटै राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम निःशुल्क रुपमा भर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । राष्ट्रिय परिचयपत्रलाई छिटोछरितो र व्यवस्थित बनाउनका लागि अनलाइन फाराम जिल्लाका सबै पालिकाबाट निःशुल्क रुपमा भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
सो सेवा लिन सेवाग्राही सम्बन्धित पालिकाबाट परिचयपत्रका लागि अनलाइन फाराम भरेर मात्र जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालय आउनुपर्ने छ । यसो गर्दा कार्यालयमा हुने अनावश्यक भीडमा कमी आउने जनताको समय र पैसा बचत हुने जनाइएको छ ।
परिचयपत्र बनाउन जिल्लाका विभिन्न क्षेत्रबाट जनताहरुले दिनभरिको समय खर्चिएर, आर्थिक खर्च पनि गरेर दुवै जिल्लाका प्रशासन कार्यालयसम्म आउनुपर्ने बाध्यता थियो । यस अगावै प्रशासनले पनि राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट आवेदनका लागि सेवाग्राहीले सम्बन्धित पालिकाबाटै अनलाइन फाराम निःशुल्क रुपमा भर्ने व्यस्थापन मिलाइसकेको थियो ।
भोजपुरी पुस्तक विमोचन
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भोजपुरी भाषाका चर्चित लेखक दिनेश गुप्ताद्वारा लिखित ‘अब सुतल ठीक नइखे’ ९गजल सङ्ग्रह० र ‘हिरोशिमा’ ९हाइकू सङ्ग्रह० पुस्तकको शनिबार विमोचन गरे । सो अवसरमा उनले प्रदेश सरकार प्रदेशभित्र बोलिने सबै भाषाको विकास र प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको बताए ।
नेपाल भोजपुरी समाज वीरगञ्जद्वारा आयोजित सो कार्यक्रममा विमोचित पुस्तक तथा लेखक दिनेश गुप्ताको व्यक्ति माथि वरिष्ठ साहित्यकार एवं उद्योगपति गणेश लाठले प्रकाश पारेका थिए । ‘अब सुतल ठिक नइखे’ गजल संग्रहमा गुप्ताका ५१ गजलहरु सङ्ग्रहित छन् भने ‘हिरोशिमा’ हाइकू संग्राहमा दुई सय एकवटा हाइकू समावेश गरिएको हो । सङ्ग्रहमा राजीतिकदेखि समाजिक तथा शृङ्गार रसमा आधारित गजल तथा हाइकूहरु समावेश गरिएको लेखक गुप्ताले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार