नेपाल बैंकका गुलरिया शाखा अधिकृत बेपत्ता ! केन्द्रीय प्रवत्ता अधिकारी भन्छन् : बैंकिङ कसुर गरेको देखिन्छ
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार १७:२३:१८
♦ दीपक शर्मा
२२ साउन, बर्दिया । ग्राहकको आईपीएस प्रयोग गरी आफन्तकोमा रकमान्तर गरेको आरोपमा सम्पर्कबिहीन भएका नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रमुख धवेन्द्र न्यौपानेको खोजी कार्य जारी रहेको छ ।
न्यौपाने करिब ३ महिना अगाडि मात्रै बर्दियाको गुलरियामा रहेको नेपाल बैंक लिमिटेड शाखामा सरुवा भएर आउनु भएको थियो, सुर्खेतबाट सरुवा भएर आएका न्यौपाने गएको बुधवारदेखि कार्यालयको सम्पर्कबाट बाहिरिएका हुन्।
नेपाल बैंक लिमिटेडका केन्द्रीय सूचना अधिकारी प्रकाशकुमार अधिकारीले नेपालबहस डटकमसँग कुरा गर्दै भने “बैंकिङको कसुर गरेको देखिएको छ तर के कति रकम हो वा कसको हो भन्ने बारेमा खुल्न सकिरहेको छैन ।” अनुसन्धानका लागी २ जना कर्मचारी गुलरिया पठाइसकेको हुँदा त्यो रिपोर्ट आएपछि मात्रै कति रकम हिनामिना भएको हो, थाहा हुने उनले बताए।
साथै उनले सुर्खेतबाट सरुवा भइ गुलरिया आएका न्यौपानेलाई बुधबार नै सुर्खेतको शाखामा केही गडबडी देखिएपछि सुर्खेत शाखाले सम्पर्क गर्दा कुरा हुँदै गर्दा मोवाइल अफ भएको र आफुहरुले पनि सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको हुँदा खोजी कार्यका लागी प्रहरीलाई आग्रह पनि गरिएको बताए ।
सुर्खेत र गुलरियामा प्रारम्भिक चरणमा केही रकम हिनामिना भएको देखिएपनि आन्तरिक रुपमा अनुसन्धान जारी रहेको हुँदा सुर्खेत र गुलरियामा के भएको रहेछ थाहा हुने बताए । उनले भने के कति रकम हिनामिना भएको छ ? उता परिवार स्रोतका अनुसार करिब एक हप्ता देखि नै सम्पर्कमा नरहेका न्यौपानेलाई शुक्रबार आफन्तले खोजतलास गरी पाँउ भन्दै जिल्ला प्रहरी कार्यालय बर्दियामा निवेदन दिएको प्रहरी नायव उपरिक्षक सुर्यप्रकाश सुवेदीले नेपालबहस डटकमलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्न प्रस्ताव
कात्तिक २७, २०८१ मंगलबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
अब सम्झनामा मात्र रहे पूर्वसभामुख दमननाथ ढुंगाना, सोमबार अन्तिम संस्कार गरिने
मंसिर २, २०८१ आइतबार
पाकेको कोदो टिप्दै एक युवा
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानबाट दशकौँपछि समुद्रको बाटो बङ्गलादेशतर्फ सामानको सिधा ढुवानी
मंसिर २, २०८१ आइतबार
भारतीय प्रहरी र नक्सलवादी समूहबीचको झडपमा पाँच विद्रोहीको मृत्यु
मंसिर २, २०८१ आइतबार