गत साता घटेको शेयरबजार यो साता के होला ?
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार १७:३९:४
२२ साउन, काठमाडौं । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २७ अंक घटेर बन्द भयो । अघिल्लो साता २१४०.३९ विन्दुमा बन्द भएको नेप्से गत साता २६.८४ अंक घटेर २११३.५५ विन्दुमा बन्द भएको हो । साताको ६ कारोबार दिनमध्ये चार कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको थियो ।
गत साता पहिलो दुई कारोबार दिन नेप्से उकालो लागेको थियो भने बाँकी चार दिन ओरालो लागेको थियो । गत साता नेप्सेको पाँच दिने इएमए, २० दिने इएमएभन्दा माथि रहेको छ । यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी बढेको र सो दिन बजारमा बिक्री चाप बढेको संकेत गर्दछ ।
नेप्से ओरालो लागे पनि गत साता भोल्यूम भने बढेको छ । गत साता नेप्सेमा दैनिक औसतमा तीन अर्ब ८३ करोडको शेयर कारोबार भएको छ । यससँगै नेप्सेको २० दिने औसत भोल्यूम दुई खर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।
१३ उपसमूहमध्ये गत साता ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी सात उपसमूहको परिसूचक घटेको छ । गत साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.७२ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक सर्वाधिक ६.६९ प्रतिशत घटेको छ ।
नेप्सेजस्तै यस उपसमूहको पाँच दिने इएमए पनि २० दिने इएमएभन्दा माथि छ । साताको अन्तिम कारोबार दिन यस उपसमूहले बियरिस मैनबत्ती बनाएको छ । जसले सो दिन बजारमा बिक्रीकर्ताहरूको चाप बढेको संकेत गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
बुद्ध शिक्षामा प्रधानमन्त्रीको जोड
मंसिर १४, २०८१ शुक्रबार