नियतमै खोट देखिए दण्डसहित कारबाही : शहरी विकास मन्त्री चौधरी
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार १७:४१:३७
२२ साउन, काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले आफू कर्मचारी चलाउने पक्षमा नरहेको तर नियतमै खोट देखिए दण्डसहित कारबाही गर्ने बताएका छन् ।
शहरी विकास मन्त्रालयको आ. व. ०७८/७९को वार्षिक प्रगति समिक्षा तथा आ. व. ०७९/८० को कार्यक्रम कार्यान्वयन सम्बन्धि कार्यक्रममा आयोजित ३ दिने कार्यक्रममा समापन मन्तव्य राख्दै मन्त्री चौधरीले भने, ‘मन्त्री भएको ३८ दिनभयो । मेरो मूल्याङ्कन तपाईहरुले गर्नुभएकै होला । म कसैको चित्त दुखाउन चाहन्नँ । त्यसकारण म कर्मचारी चलाउने पक्षमा छैन । तर नियतमै खोट देखिए कारबाही मात्र होइन दण्डसहित कारबाही गर्नुपर्ने हुनसक्छ ।’
मन्त्रालयका सचिव, सहसचिव, महानिर्देशक,आयोजनाप्रमुख, विभागीय प्रमूखसहित देशभरिबाट जम्मा भएका इन्जिनियर तथा कर्मचारीहरुलाई निर्देशनात्मक मन्तव्य राख्दै मन्त्री चौधरीले दोहोर्याए, ‘हामी सबै सिस्टमबाट चल्नुपर्छ । सिस्टम क्रयाक गरेर देश बन्दैन । इमानदारीपूर्वक सिस्टममा रहेर काम गर्यौ भने देश बन्न समय पनि लाग्दैन ।
नेता भए भन्दैमा जम्मै कुरा आइहाल्ने भन्ने नहुने बताएका मन्त्री चौधरीले आफ्ना कामबारे सुझाव दिन समेत आग्रह गरेका थिए । उनले बेरुजु घटाउने, रुग्न आयोजनाहरुलाई पुरा गर्ने, बीचबीचमा आयोजनाका नाम परिवर्तन गर्ने जस्ता कुराहरु मूख्यचुनौती रहेको धारणा राखेका थिए ।
शहरी विभाग तथा भवन निर्माण विभाग अन्तर्गत विभिन्न २१ आयोजनामध्येबाट ४ जना उत्कृष्ट आयोजना प्रमुखलाई मन्त्री चौधरीले पुरस्कृत गरेका छन् । वित्तीय तथा भौतिक प्रगति, बेरुजु फछ्र्यौट, रुग्न आयोजना घटाउने पहल, कार्यक्षमता जस्ता सुचाङ्कका आधारमा शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशकत्रय दीलिप भण्डारी, चक्रवर्ती कण्ठ र सुरेन्द्रमान श्रेष्ठको मुल्याङ्कन टोलीको सिफारिसमा पुरस्कृत गरिएको थियो ।
पुरस्कृत हुनेहरुमा सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका प्रमुख प्रकाश अर्याल, रामेछापका आयोजना प्रमुख सुरेश वाग्ले, संघीय आयोजना कार्यान्वयन इकाइ कैलालीका प्रवीण शाह र धनुषाका प्रदीप खनाल रहेका छन् । शहरी विकास मन्त्रालय अन्तर्गत रहेको शहरी विभाग तथा भवन निर्माण विभागले आगामी आर्थिक वर्षको कार्यक्रम कार्यान्वयन सम्बन्धि २४ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले सोमबार साढे १८ अर्ब आन्तरिक ऋण उठाउने
मंसिर २३, २०८१ आइतबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
गौं हत्याको आरोपीविरुद्ध पक्राउ आदेश जारी
मंसिर २५, २०८१ मंगलबार
अत्यधिक चिसोले मुस्ताङमा पानी जम्न थाल्यो
मंसिर २६, २०८१ बुधबार
भर्तामा आधुनिक प्रसूति सेवा केन्द्र बन्दै
मंसिर २६, २०८१ बुधबार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोकसेवामार्फत कर्मचारी पदपूर्ति गरिँदै
मंसिर २६, २०८१ बुधबार
दुर्घटनामा परी घाइते भएका बुढाको मृत्यु
मंसिर २६, २०८१ बुधबार
लगातार घटेको नेप्से बुधबार २७ सयमाथि उक्लियो, कारोबार रकम भने ५ अर्ब ५ करोडमा सीमित
मंसिर २६, २०८१ बुधबार