वैदेशिक रोजगार तालिमकाे ५ अर्ब ३५ करोड रकम बैंकमा थन्कियो, लाखौं कामदार बिना तालिम खाडीमा
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार १८:१८:०
२२ साउन, काठमाडौं । वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जानेहरुलाई सीपमूलक तालिम उपलब्ध गर्नुपर्ने व्यवस्था गरेको छ । बिना तालिम गएकाहरुले खाडी राष्ट्र र मलेसिया पुगेपछि धेरै दुःख पाएपछि यस्तो तालिमको व्यवस्था गरिएको हो ।
आवश्यक सीपमूलक तालिम नपाउँदा केहीले त वैदेशिक रोगजागरीको सिलसिलामा ज्यानै समेत गुमाउने गरेका छन् । सीपमूलक तालिम नलिई वैदेशिक रोजगारीमा जानहरुले गन्तव्य मुलुकमा पुगेपछि अलपत्र परेको घटना दिनदिनै बाहिर आउने गर्छन् ।
यस्तै समस्याहरु सम्बोधन गर्न सरकारले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३’१’ मा वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्ने र त्यसको लागि वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गर्ने व्यवस्था गरेको थियो ।
तर, उक्त ऐनको कार्यान्वयन राम्रोसँग हुन सकेको छैन । कामदारहरुलाई विना सीपमूलक तालिम वैदेशिक रोजगारीमा पठाउने गरिएको छ । वैदेशिक रोजगारीमा जानुअघि तालिम दिनलाई समेत छुट्टयाइएको ५ अर्ब ३५ करोड रुपैयाँ लामो सयमदेखि बैंक खातामा थन्किएर बसेको छ ।
महालेखा परीक्षकको कार्यालयले केही दिनअघि सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा समेत वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम नदिइएको कुरालाई गम्भिरताका साथ उठाइएको छ ।
‘वैदेशिक रोजगारमा जाने कामदारमध्ये ०.४३ प्रतिशतले मात्र सीपमूलक तालिम लिएका छन् । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारको तालिमसमेतमा उपयोग गर्नुपर्ने ५ अर्ब ३५ करोड रुपैयाँ मुद्दती खातामा निस्क्रिय राखेको छ,’ महालेखाले प्रतिवेदनमा भनेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्मको तीन वर्षको अवधिमा १० लाख ४४ हजार नेपाली कामदार वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देश पुगेका छन् । यीमध्ये ४ हजार ८१८ जनालाई मात्र सीपमूलक तालिम प्रदान गरिएको थियो । अर्थात ०/४३ प्रतिशतले मात्र उक्त तालिम लिएको देखिन्छ ।
विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ५ लाख ९ हजार वैदेशिक रोजगारीमा जाँदा ११० जना, २०७६र७७ मा ३ लाख ६८ हजार वैदेशिक रोजगारीमा जाँदा १ हजार ११८ र २०७७/७८ मा १ लाख ६७ हजार वैदेशिक रोजगारीमा जाँदा ३ हजार २९० जनाले मात्र सीपमूलक तालिम प्राप्त गरेका थिए ।
‘सीपमूलक तालिम लिई दक्ष जनशक्ति वैदेशिक रोजगारीमा पठाई विप्रेषण लगायत अन्य लाभ अभिवृद्धिका लागि कोषको रकम परिचालन गर्नु उपयुक्त हुने देखिन्छ,’ महालेखापरीक्षकको कार्यालयले भनेको छ ।
वैदेशिक रोजगारीमा जानेहरु दक्ष भएका कारण सीपमूलक तालिम नदिइएको होइन । यसलाई कार्यन्वयन गर्ने नियका वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र वैदेशिक रोजगार विभागको उदासिनताको कारण यस्तो भएको हो ।
विभागको तथ्याङक अनुसार आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जानेमध्ये २ लाख ८५ हजार ४४५ जना कामदार अदक्ष रहेका थिए । अर्थात उनीहरुसँग कुनै सीप थिएन । आर्थिक वर्ष २०७७/७८ मा यस्तो संख्या १ लाख ६६ हजार ६९८ रहेको छ ।
प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जानेमध्ये आधाभन्दा बढी अदक्ष कामदार हुने गरेका छन्, जसलाई जानुअघि सीपमूलक तालिमको आवश्यकता सबैभन्दा बढी हुनेगर्छ ।
वैदेशिक रोजगारीमा जानेहरुको लागि सीपमूलक तालिम दिन वैदेशिक रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ ल्याइएको थियो । कार्यविधमिा एक महिना, एक महिनाभन्दा बढी, तीन महिनाभन्दा कम र तीन महिनाभन्दा बढीको गरी चाल प्रकारको सीपमूलक तामिलको व्यवस्था गरिएको छ ।
सीपमूलक तालिम लिनेहरुलाई मात्र वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिने कुरा कार्यविधिमा उल्लेख छ । तर वैदेशिक रोजगारीमा जानेहरु अधिकांश यस्तो तालिम नलिनेहरु छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले सोमबार साढे १८ अर्ब आन्तरिक ऋण उठाउने
मंसिर २३, २०८१ आइतबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
नेपालबहस संवाददाता
मंसिर २३, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
मंसिर २५, २०८१ मंगलबार
सीआईबी भन्छ, बैंकर र व्यवसायी धम्क्याएर रकम असुल्ने गिरोह नै खडा गरेका थिए दुर्गा प्रसाईंले
मंसिर २५, २०८१ मंगलबार
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउपछि सार्वजनिक
मंसिर २६, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार
आजको खेल जित्नैपर्ने दवावमा लुम्बिनी, टस जितेर ब्याटिङ गर्दै काठमान्डु गुर्खाज
मंसिर २६, २०८१ बुधबार
थाहा पाउनुहोस् अण्डालाई खाने तरिका के हो ?
मंसिर २६, २०८१ बुधबार
खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरु
मंसिर २६, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा
मंसिर २६, २०८१ बुधबार