कर्णालीका १० जिल्लामा ३० हजार मतदाता थपिए
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार १८:५६:०
![](https://nepalbahas.prixacdn.net/media/albums/matdata_3sUwEYz923.jpg)
२२ साउन, सुर्खेत । कर्णाली प्रदेशमा करिब ३० हजार मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । सरकारले आगामी ४ मंसिर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तोकिसकेको छ । कर्णालीका १० वटै जिल्लामा गरी करिब ३० हजार नयाँ मतदाता थपिएका हुन् ।
प्रदेशमा ३० वैशाख ०७९ भएको स्थानीय तहको निर्वाचनमा नौ लाख आठ हजार ६ सय ३१ जना मतदाता थियो । निर्वाचन आयोगका अनुसार तिमध्ये महिला मतदाता चार लाख ४९ हजार ३० रहदा पुरुष मतदाता चार लाख ५९ हजार ६ सय एक थिए । गत निर्वाचनयता कर्णालीका सबै जिल्लामा मतदाताको संख्या उल्लेख्य रूपमा बढेको छ ।असार र साउनमा मात्रै प्रदेशमा नौ हजार दुई सय ४५ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले कर्णाली रैबारलाई जानकारी दिए ।
पाँच जिल्लामा १७ हजार ६ सय ३३ जना मतदाता थपिएका छन् भने अन्य पाँच जिल्लाको तथ्याङ्क संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् । गत वैशाखमा भएको निर्वाचमा सुुर्खेतमा दुई लाख १८ हजार ४३ मतदाता थिए । सल्यानमा गएको निर्वाचनमा एक लाख ४० हजार ६ सय ६७ रहेकोमा त्यसयता, जिल्लामा २५ सय मतदाता थपीएको जिल्ला निर्वाचन आयोग कार्यालय सल्यानले गरेको छ ।
यसअघि स्थानीय तहको निर्वाचनमा जाजरकोटमा एक लाख तीन हजार आठ सय ६९ मतदाता रहेकोमा, त्यसयता थप जिल्लामा १२ सय ८८ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निर्वाचन अधिकारी नृपराज उपाध्यायले बताए । वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जुम्लामा ६७ हजार सात सय ४४ रहेकोमा त्यसमा थप तीन हजार मतदाता थपिने जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
डोल्पामा यसअघि स्थानीय तहको निर्वाचनमा २२ हजार चार सय ४० मतदाता रहेकोमा दुई महिनामा डोल्पामा चार सय मतदाता थपिने जिल्ला निर्वाचन कार्यालयका डोल्पाका निमित प्रमुख अधिकारी सुमन राईले चार सय मतदाता बताए ।
यस्तै, मुगुमा पनि यसअघि स्थानीय तहको निर्वाचनमा ३५ हजार ९९ मतदाता रहेकोमा अहिले थप १२ सय मतदाता थपिने जिल्ला निर्वाचन कार्यालय मुगुले आकंलन गरेको निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपाने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
माघ ३०, २०८१ बुधबार
‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
शपथ खाएर झुटो बोलेको भन्दै सिंगापुरका सांसदलाइ १४ हजार डलर जरिवाना
फागुन ६, २०८१ मंगलबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार