सैद्धान्तिक स्वीकृति अघि जनशक्ति व्यवस्थापनको खाका समेत माग्न आग्रह
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार १९:१६:४३
२२ साउन, काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघले बिमा कम्पनीहरुलाई मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनुपूर्व सम्बन्धित कम्पनीमा कर्मचारीको पद, तह र सेवा सुविधा समायोजन लगायत जनशक्ति व्यवस्थापनको पूर्ण खाका माग्न नियनकारी निकाय बिमा समिति समक्ष आग्रह गरेको छ । मर्जर वा प्राप्तिमा जाने कम्पनीले त्यस्तो खाका पेस गरेपछि मात्र सैद्धान्तिक स्वीकृति प्रदान गर्नुपर्ने संघको माग छ ।
संघले शुक्रबार बिमा समितिमा बुझाएको माग पत्रमा समितिले सैद्धान्तिक सहमति दिएको पत्रमा‘कर्मचारीले खाइपाई आएको तलब सुबिधा नघट्ने गरी व्यवस्थापन गरिनेछ’ मात्र उल्लेख हुँदा वर्षौंदेखि कार्यरत कर्मचारीको उचित व्यवस्थापन होला भन्नेमा संघ विश्वस्त हुन नसकेको उल्लेख छ । त्यसैले नियामक निकायले नै यस विषयमा ठोस कदम चाल्नुपर्छ भन्ने निष्कर्षमा संघ पुगेको पत्रमा उल्लेख छ ।
बिमा क्षेत्रलाई सबल, सक्षम, पारदर्शी, विश्वसनीय, व्यवसायिक र पूर्ण प्रतिस्पर्धी बनाई यस क्षेत्रमा कार्यरत कर्मचारीको हित तथा उनीहरुको सेवा र सेवा सर्तको रक्षाका लागि विभिन्नचार विषयमा बिमा समितिले स्पष्ट निर्देशन जारी गर्नुपर्ने संघको माग छ ।
संघले संस्थाको कर्मचारी विनियम अनुसार नियमित रुपमा हुनुपर्ने काम कारवाहीलाई मर्जरको बहानामा अवरुद्ध हुननदिन, रिक्त दरबन्दीमा पदपूर्तिको काम नियमित रुपमा गर्न, श्रम ऐन तथा टे«ड युनियन ऐनले निर्दिष्ट गरेको कर्मचारीको नियमित रुपमा हुनुपर्ने वृत्ति विकास र सामूहिक सौदाबाजीलाई मर्जरका नाममा अवरुद्ध नगर्न र बीमा कम्पनीहरुको मर्जर तथा प्राप्ति कार्यको समयावधि निश्चित गर्न बिमा समितिबाटै स्पष्ट निर्देशन जारी हुनुपर्ने माग गरेको छ ।
बिमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ (संशोधन सहित २०७८) को बुँदानं. ३ को (ङ) माबिमा समितिले सैद्धान्तिक सहमतिका लागि गाभ्ने, गाभिने बिमकका कर्मचारीको व्यवस्थापनको विवरण पेस गर्नुपर्ने उल्लेख भएकाले सैद्धान्तिक सहमतिदिनुपूर्व सम्बन्धित संस्थाको सम्पूर्ण पाटाहरुको विस्तृत अध्ययन विश्लेषण गर्नुका साथै संस्थामा कार्यरत कर्मचारीको पद, तह र सेवा सुविधाको समायोजन लगायत जनशक्ति व्यवस्थापनका सम्पूर्ण खाका पेस गरेपछि मात्र सैद्धान्तिक स्वीकृति दिई मर्जर तथा प्राप्ति प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा संघले जोड दिएको छ ।
बिमा समितिले आगामी चैतसम्ममा निर्जीवन बिमा कम्पनीलाई २ अर्ब ५ करोड र जीवन बिमा कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्तापुँजी पु¥याउन निर्देशन दिएको छ । उक्त निर्देशन जारी भएपछि तोकिएको चुक्तापुँजी पु¥याउन धैरै कम्पनीहरुले मर्जरको बाटो रोजेका छन् । उनीहरुलाई मर्जर वा प्राप्तिमा जान समितिले सैद्धान्तिक सहमति समेत दिइसकेको छ । यसै सिलसिलामा संघले ती संस्थामा कार्यरत कर्मचारीको हितका लागि समितिको ध्यानाकर्षण गराएको हो ।
पत्रमा बिमा कम्पनीहरुको मर्जर तथा प्राप्तिले भविष्यमा यस क्षेत्रलाई सबल, सक्षम र व्यवसायिक बनाउने पनि उल्लेख छ । तर, मर्जर वा प्राप्तिका क्रममा यस क्षेत्रलाई पेसाको रुपमा अँगालेको ठूलो जनशक्तिको रोजगारी जोखिममा पर्ने र उनीहरुले आफ्नो पेसा, व्यवसाय र रोजगारीबाट अलग हुनुपर्ने अवस्था आउन सक्ने आशंका गर्दै त्यसप्रति संघले चिन्ता व्यक्त गरेको हो ।
कम्पनीका अचल सम्पत्ति, लगानीकर्ताको लगानी तथा लामो समयसम्मका लागि भनी कम्पनीले बहन गरेको बिमितको जोखिमको लेखाजोखा भइरहँदा कम्पनीको विकास र विस्तारमा दिन रात नभनी परिचालित हुने कर्मचारी व्यवस्थापनको विषयलाई नियमनकारी निकाय, लगानीकर्ता र कम्पनीको उच्च व्यवस्थापनले पूर्ण रुपमा सम्बोधन नगरेको संघका अध्यक्ष पदमराज रेग्मी र महासचिव हरिराज खरेलले हस्ताक्षर गरी बिमा समितिमा बुझाएको पत्रमा उल्लेख छ ।
नेपालका बैंक, फाइनान्स, लघु वित्तका लागि मर्जर नौलो विषय नभए पनि बीमा क्षेत्रका लागि यो विल्कुलै नयाँ प्रक्रिया भएकोले बैंकिङ क्षेत्रको मर्जर तथा प्राप्तिका तिता–मिठा अनुभव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासलाई आत्मसात गरी बिमा समितिले समग्र बीमा क्षेत्र र सोमा कार्यरत कर्मचारीको उचित व्यवस्थापन एवम् लगानीकर्ताको लगानी सुरक्षा र सेवाग्राहीको हित रक्षाको लागि स्पष्ट नीतिगत र प्रक्रियागत कानुनी व्यवस्था गर्नुपर्ने संघको सुझाव छ ।
नेपालवित्तीय संस्था कर्मचारी संघको संक्षिप्त जानकारी
नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपालको बैंक, बीमा, लघुवित्त, पुँजीबजार तथा अन्यवित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुको संगठन हो । संघले सरकारी तथा निजी क्षेत्रबाट स्थापित ४८ वटा बैंक, बिमा, लघुवित्त तथा अन्यवित्तीय संस्थाका प्रतिष्ठान स्तरका ट्रेड युनियनको नेतृत्व गर्छ । संघ वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको पेसागतहकहितको संरक्षण एवं वित्तीय क्षेत्रमा पारदर्शिता र सुशासन कायम गरी वित्तीय क्षेत्रको विकास र स्थायित्वका लागि क्रियाशील छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
उपनिर्वाचनको तयारीमा लाग्न कांग्रेसले पठायो सर्कुलर
मंसिर ७, २०८१ शुक्रबार
विद्युतीय प्रणालीको समस्याले गर्दा तत्काल नेपाल र विदेशस्थित नियोगबाट पनि राहदानी वितरण बन्द
मंसिर ७, २०८१ शुक्रबार
भारतमा दश जना मावोवादी विद्रोहीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
आयोगद्वारा उपनिर्वाचनको नमुना मतपत्र सार्वजनिक
मंसिर ७, २०८१ शुक्रबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय गुरुङ र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान
मंसिर ७, २०८१ शुक्रबार
कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई बयानका लागि शनिबार काठमाडौं ल्याइने
मंसिर ७, २०८१ शुक्रबार