लेखक–कलाकारमा जनताको मनस्थिति बदल्ने सामथ्र्य हुन्छ : महासविच पोखरेल
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार १९:१७:२६
२२ साउन, काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सांस्कृतिक क्षेत्रका लेखक– कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामथ्र्य राख्ने भएकाले त्यस भूमिकालाई प्रभावकारीरुपमा प्रदर्शन गर्न सक्नुपर्ने बताए ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आज आयोजना गरेको राजनीतिक, वैचारिक र सांस्कृतिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले जनजीविकाका सवाल र समृद्धिको यात्रामा अग्रगामी विचार र पक्षधरलाई स्रष्टाहरुले साथ दिई मुलुकको स्थायित्व र विकासका लागि योगदान दिन सक्नुपर्नेमा पनि जोड दिए ।
महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गरेर मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धि हाँशिल गर्नु अहिलेको आवश्यकता हो भने ।
एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले माक्र्सवादीले धर्म र अन्धविश्वासमा आशक्त नभइ वैज्ञानिक खोज र अध्ययनतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।
पार्टीको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समृद्धिको लक्ष्य लिएको एमालेलाई विजयी गराउन आग्रह गरे ।
महासङ्घका कार्यवाहक अध्यक्ष भूमिका सुब्बाले आगामी दिनमा रचनाशिल्प र विविध विधागत सवालमा प्रशिक्षण सञ्चालन गरिने जानकारी र्दिए ।
उपाध्यक्ष आरसी न्यौपानले ‘जनताको बहुदलीय जनवाद’ को साहित्य र सौन्दर्यबारे जागरण ल्याउनुपर्ने बताए । प्रशिक्षणमा महासङ्घका विभिन्न सात घटकका केन्द्रीयस्तरका प्रतिनिधि र वाग्मती प्रदेश कमिटीका पदाधिकारी सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकको समृद्धिका लागि प्राप्त ज्ञान उपयोग गर्न प्रधानमन्त्रीको आग्रह
पुष १३, २०८१ शनिबार
एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली
पुष १३, २०८१ शनिबार
पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा हुनुहुन्थ्यो : सभापति देउवा
पुष १३, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए
पुष १३, २०८१ शनिबार
सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेश: मन्त्री अधिकारी
पुष १२, २०८१ शुक्रबार
मुलुकको समृद्धिका लागि प्राप्त ज्ञान उपयोग गर्न प्रधानमन्त्रीको आग्रह
पुष १३, २०८१ शनिबार
सामुदायिक वनको आम्दानीको प्रमुख स्रोत बन्दै बेत
पुष १३, २०८१ शनिबार
राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने
पुष १३, २०८१ शनिबार
‘मध्यपुर महोत्सव’ अवलोकन गर्नेको घुइँचो
पुष १३, २०८१ शनिबार
एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिन्छः प्रधानमन्त्री ओली
पुष १३, २०८१ शनिबार
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार