डिभिजन वन कार्यालयका तत्कालिन वन अधिकृतसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार २२:३८:११
२२ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरत बहादुर बुढथापासहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरुले आर्थिक वर्ष २०७६र७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण गर्दा ६ लाख ३२ हजार ६७७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै आज अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा मुगुको डिभिजन वन कार्यालयका तत्कालीन सव–इन्जिनियर गोर सिंह बडुवाल, असिष्टेण्ट सब–इन्जिनियर हिमाल कुमार मल्ल, उपभोक्ता समितिका अध्यष मान बहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाही रहेका छन् ।
दायर गरिएको मुद्दामा उनीहरुसँग जनही ६ लाख ३२ हजार ६७७ रुपैयाँ बिगो दाबी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट मात्र ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार