हेल्थ एट होममा अब रेडियोलोजी सेवा पनि थपियो, बिरामीले घरमै सेवा पाउने
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार २३:१३:४६
२२ साउन, काठमाडौं । हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले घरमै पुगेर रेडियोलोजी सेवादिन सुरु गरेको छ । यसअघी घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिन समेत सुरु गरेको हो ।
आफ्नो ओछ्यानमै रेडियोलोजी सेवा चाहिने बिरामीहरुलाई लक्षित गर्दै कम्पनीले यो सेवाको सुरुवात गरेको हो । घरमा स्वास्थ्यको रेडियोलोजी विभागले अल्ट्रासाउण्ड र इकोकार्डियोग्राफि प्रदान गर्नेछ । हेल्थ एट होमले निकट भविष्यमा एस्सरे र अन्य विभिन्न रेडियोलोजी सेवा समेत थप्ने लक्ष्य राखेको छ ।
यो सेवाको उद्घाटन त्रिवि शिक्षण अस्पतालका भूतपूर्व एचओडी प्रा.डा. रामकुमार घिमिरे र मेडिसिटी अस्पतालका वर्तमान प्रमुख डा. रामकुमार घिमिरेले घरमै स्वास्थ्यको रेडियोलोजी विभागको उद्घाटन गरेका थिए । विभागको नृतृत्व डा. प्रदीपराज रेग्मी र डा. उज्जल भट्टराईले गरेका हुन् । बिरामीहरुले यो अति आवश्यक सेवा प्रयोग गर्न सुरु गरिसकेका छन् ।
नयाँ सेवा उद्घाटनका क्रममा डा. घिमिरेले भने, समुदायमा अति आवश्यक पर्ने सेवा रहेको भन्दै उनले पेशागत प्रतिवद्धता र बिरामीको हेरचाहको लागि आवश्यक पर्ने आविश्कार आवश्यक छ । उनले सेवा नैतिकतामा आधिारित हुनुपर्ने र बिरामीको हितका लागि आधारित हुनुपर्ने बताए । यो नयाँ सेवा नेपाली समुदायका लागि निकै सहयोगी हुने बताए ।
यस्तै प्रमुख रेडियोलोजी विभागका डा. प्रदिपराज रेग्मीले भने , हेल्थ एट होमले सेवाका रुपमा विस्तारामा बाँधिएका र उचित रेडियोलोजी सेवाहरु बिना समुदायमा रहेका बिरामीहरुलाई ठुलो मद्धत पुग्ने बताउनुभयो । यसले आममानिसलाई निकै सहयोग पुग्ने उनका भनाई थियो ।
यसैगरि हेल्थ एट होमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. विशाल ढकालले नयाँ सेवाविभाग थपिएपछि मात्रै समुदायमा बिरामीको हेरचाह गर्ने प्रतिबद्धता अझ बलियो भएको बताए । हेल्थ एट होमले सधै हेरचाहमा पहुँचको वकालत र समर्थन गर्दे आएको छ ।
रेडियोलोजीको नयाँ सेवाले बिरामीलाई घरमै पुगेर उत्कृष्ट सेवा प्रदान गर्नेछ । १२ वर्ष अगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घर घरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । हाल हेल्थ एट होममार्फत करिब एक लाख भन्दाबढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् ।
हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यका बाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार