राष्ट्रिय स्तरमा उठेका मुद्दा र सवालहरुमा सही विश्लेषण हुन आवश्यक : उपमहासचिव गुरूङ
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार २३:१८:१७
२२ साउन, पोखरा । नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय स्तरमा उठेका मुद्दा र सवालहरुमा सही र तथ्यपरक विश्लेषण आवश्यक भएको बताएका छन । नेपाल प्रगतिशील प्राध्यापक संगठनको गण्डकी प्रदेश सम्मेलनको पोखरामा उद्घाटन गर्दै उपमहासिचव गुरुङले सही र तथ्यपरक विश्लेषण अहिलेको आवश्यकता रहेको बताए ।
उपमहाचिव गुरुङले तथ्यपरक विश्लेषणको अभावमा जनमत भड्किन्छ भन्दै प्राध्यापकहरुले अनुसन्धान गरेर वास्तविकतालाई उजागर गरी सही जनमत निर्माणको आधार निर्माण गर्नुपर्नेमा जोड दिए । उनले लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीको आगमन र बर्हिगमन प्रतिनिधिसभाबाट मात्र हुनेभन्दै वर्तमान प्रधानमन्त्रीको आगमनमा त्यस्तो संगति बिनाको भएको बताए ।
नेपालमा एमसीसी, एसपीपी, आर्थिक संकट, शिक्षा र स्वास्थ्यको सवाल लगायत धेरै सवालहरू आएका र यस्ता सवालहरुमा अझै सही विश्लेषणको आवश्यकता रहेको उपमहासचिव गुरूङले बताए । नेपाल प्रगतिशील प्राध्यापक संगठन गण्डकी प्रदेश समितिका निवर्तमान अध्यक्ष शेखरनाथ अधिकारीको अध्यक्षतामा भएको उक्त सम्मेलनमा नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारीले संगठनको संचालनमा विधि र पद्धतिको पालनालाई जोड दिन सुझाव दिए ।
अधिकारीले इमान्दार र असल नागरिकले संगठनलाई सही रुपमा नेतृत्व दिनसक्छ भन्दै प्रगतिशील प्राध्यापक संगठनले अग्रगामी विचार निर्माणका लागि भूमिका खेल्नु पर्ने बताए । कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा. वेदराज केसीले संगठनले राष्ट्रियस्तरमा उठेका विभिन्न सवालहरुमा देशव्यापी रुपमा विषयगत बहस संचालन गर्दै आएको जानकारी दिए ।
उनले संगठनले पेशागत हकहितको सवालदेखि लिएर प्रगतिशील प्राध्यापक संगठनले उच्चशिक्षाको सुधारका लागि पनि विभिन्न पहल गर्दै आएको जानकारी दिए । कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका महासचिव डा। पदमप्रसाद खतिवडाले सत्ताको आडमा विभिन्न विश्वविद्यालयहरुमा तालाबन्दी भएको बताउँदै विश्वविद्यालयहरुको स्वायत्तताको रक्षाका लागि संगठन जोडदार रुपमा लाग्ने बताए ।
कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. भरत पहारी, नेपाल प्रगतिशील प्राध्यापक संगठनका सचिव कृष्णराज अधिकारी र देवराज अर्यालले पनि मन्तव्य राखेका थिए । त्यसअधि डा। श्रीकान्त खतिवडाले आर्थिक समृद्धिका लागि पर्यटन शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका क्याम्पसका प्रतिनिधिहरुको उपस्थितिमा भएको उक्त सम्मेलनले विष्णुप्रसाद अधिकारीलाई प्रदेश समितिको अध्यक्षमा निर्वाचित गरेको छ । २१ सदस्यीय उक्त समितिको उपाध्यक्षमा विजयराज पन्त, सचिवमा हेमचन्द्र चौलागाई, सचिवमा होमनाथ तिवारी र कोषाध्यक्षमा सन्तोष अधिकारी चयन भएका छन । कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य अनिश दाहाल, विनोद जोशी जीवनाथ तिम्सिना, गिरधारी दाहाल, धनेश्वर रखालको पनि उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार