सिटिजन्स बैंककाे ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’संचालनमा
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार २३:४०:२४
२२ साउन, काठमाडौं । विगत डेढ दशक देखी सर्वसाधारणलाई गुणस्तरिय र सुरक्षित सेवा तथा सूविधा दिदै आएको सिटिजन्स बैंकले थप आकर्षक मुद्धती योजना ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ खाताको सुरुवात गरेको छ ।
यी मुद्धती योजनाहरु बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सौराहा, चितवनमा आयोजित ३ दिने लिडरशीप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कनक्लेभ भन्ने एक कार्यक्रमका बिच सुरुवात भएको घोषणा गरे । शाखा प्रबन्धकहरु त्था बरिष्ट व्यवस्थापकहरुलाई चितवनको सौराहमा सम्बोधन गर्दे बैकंका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले यस बैकंलाई अब्बल बनाउने घाोषणा पनि गरेका छन् ।
सिटिजन्स चिरायु मुद्धती योजना योजना अन्र्तगत ग्राहकहरूले १३ वर्ष ४ महिना देखि २२ बर्ष १ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याजबापत लाग्ने करपश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् तथा रेमिटेन्स चिरायु मुद्धती योजना ग्राहकहरूले १२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।
यस मुद्धती निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकहरुले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्युनतम पचास हजार मौज्दातमा खोल्न पाउने छन् । यस मुद्धती निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवं रेमिटेन्स ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथै पोखरेलले ग्राहकहरुको वित्तीय आवश्यकताहरु सहजताका साथ पूरा होस् भन्ने अभिप्रायका साथ बैकंले आफ्नो वेबसाईट मार्फत स्र्माट सभिसेश सेवासमेत सुचारु गरेको कुरा व्यक्त गरे । यस सेवा अन्र्तगत आदरणीय ग्राहकहरुले बैकंको वेबसाईट मार्फतनै विभिन्न कार्ड सम्बन्धी सेवाहरु, मोबाईल र ई-बैकिङ सम्बन्धी सेवाहरु शेयर सम्बन्धी सेवाहरु तथा क्यु आर सम्बन्धी सेवाहरु सहजताका साथ प्राप्त गर्न सक्नेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १४ लाख ७१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार