खोला छेउमा व्यवस्थापन गरिएको फोहरले वातावरण दुर्गन्धित
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार २३:४६:५२
२२ साउन, सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका क्षेत्रका खोला छेउमा फोहर व्यवस्थापन गर्दा आउने दुर्गन्धले खोला आसपासको वातावरणमा प्रतिकूल असर पुग्न थालेको छ । जथाभावीरूपमा खोलाको छेउमा फोहर व्यवस्थापन गर्दा खोलाको प्राकृतिकस्वरुप पनि कुरुप बन्न थालेको छ ।
वडा नं १ को नेपाल राष्ट्र बैंक चोकबाट पश्चिमतर्फको सुकुटी नालामा फ्याँकिएको फोहरले दुर्गन्ध फैलिएर वरिपरिको वातावरणमा असर पुग्न थालेको हो । उपमहानगरपालिका कार्यालयबाट झण्डै चार सय मिटरको दूरीमा रहेको यो खोला छेउछाउमा रहेका व्यक्तिगत घर आँगनमा समेत फोहर व्यवस्थापन गर्दा वातावरणमा प्रतिकूल असर पुगेको नगरवासीको गुनासो छ ।
फोहरको उचित व्यवस्थापन गर्न नसकेर धनगढी उपमहानगरपालिकाले वषौंँदेखि सहरी क्षेत्रको घना बस्ती रहेका खोला छेउमा फोहर थुपार्ने गरेको छ । स्वच्छ, हराभरा, स्वस्थ्य र हरित नगरको विकास गर्ने उपमहानगरको नीति भए पनि जहाँ पायो त्यहीँ भइरहेको फोहर व्यवस्थापनले वातावरणमा प्रतिकूल असर पुगेको हो ।
नगरको मुख्य वनभोजस्थल र पर्यटकीय क्षेत्रका रूपमा रहेको नगरको देवहरिया समुदायिक वन क्षेत्रमा समेत जथाभावी रुपमा भइरहेको फोहरको व्यवस्थापनले वन क्षेत्र पनि कुरुप बन्दै गएको छ । प्राकृतिक खोला छेउछाउमा फोहर थुपार्ने प्रवृत्तिले वर्षायाममा खोलाको प्राकृतिक मार्गसमेत अवरुद्ध हुन गई बर्सेनि नगर क्षेत्रमा डुबानको समस्या पनि बढ्दै गएको पाइएको छ । खासगरी नगर क्षेत्र हुँदै बग्ने खोलामा जथाभावी फोहरको व्यवस्थापन गर्दा वडा नं १, २, ४, ५, ७ र ८ का टोलबस्ती बढी प्रभावित हुने गरेका छन् ।
उपमहानगरपालिका कार्यालय सामुदायिक विकास तथा सरसफाइ शाखाका प्रमुख टंकबहादुर विष्टले भने सम्बन्धित टोलवासीसँग सहमति लिएर उनीहरूले तोकेकै ठाउँमा फोहर व्यवस्थापन गर्ने गरिएको दाबी गर्छन । “वर्षौँदेखि खोला छेउछाउमा फोहर व्यवस्थापन गर्नुपर्ने अवस्था छ”, विष्टले भने, “फोहर व्यवस्थापन गर्दा विरोध आएमा अन्य ठाउँ खोजेर फोहर व्यवस्थापन गर्नुपर्ने बाध्यता छ ।”
फोहरको व्यवस्थापनका लागि ल्याण्डफिल साइटको व्यवस्था गर्न उपमहानगरपालिकाले लामो समयदेखि प्रयास गरेको भए पनि उचित ठाउँ नपाउँदा अहिलेसम्म सफल हुनसकेको छैन । विगतमा उपमहानगरपालिका–२ मोहना नदी नजिकैको जग्गामा ल्यान्डफिल साइडको व्यवस्था गर्न गरिएको प्रयास स्थानीयवासीको विरोधका कारण सफल हुनसकेको थिएन । वडा नं ७ को खुटिया नदीछेउमा जग्गा पहिचान भई ल्याण्डफिल साइटको व्यवस्थाका लागि सूचना प्रकाशित भई प्रक्रिया अघि बढेको जनाइएको छ । दुई लाखभन्दा बढी जनसङ्ख्या पुगेको धनगढीको बजार क्षेत्रमा मात्रै दैनिक झण्डै १६ टन फोहर जम्मा हुने गरेको छ ।
उपमहानगरका सबै १९ वटै वडामा भने दैनिक ६५ टन फोहर जम्मा हुने गरेको सरसफाइ शाखा प्रमुख विष्टले बताए । सरसफाइमा उपमहानगरपालिका कार्यालयको वार्षिक झण्डै रु एक करोड ६३ लाख खर्च हुने गरेको छ ।
कार्यालयको जग्गामा फोहरको थुप्रो
धनगढी–१ मा रहेको नेपाल वायुसेवा निगमको स्वामित्वको जग्गाको उचित रेखदेख र संरक्षणको अभावमा कवाडीका सामान राख्ने र शौच गर्ने थलोमा परिणत हुँदै गएकामा पछिल्ला महिनामा फोहरसमेत थुपार्ने गरिएको छ ।
सो जग्गाको पश्चिमतर्फ रहेको बस्तीमा फोहर थन्क्याउँदा वरिपरिको वातावरण डुङडुङ्ती गन्हाएर बस्नै नसकिने अवस्था छ । उचित रेखदेख र संरक्षण नहुँदा झण्डै १० कठ्ठा क्षेत्रफलको यो जग्गामा प्रवेश गर्ने मुख्य गेट (प्रवेशद्वार) र वरिपरि लगाइएको पर्खाल ठाउँ–ठाउँमा भत्किएको छ । उक्त जग्गाको पछिल्लो एक दशकभन्दा बढी समयदेखि कसैबाट रेखदेख भएको देखिँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार