बागमती प्रदेश सरकारद्वारा एन्टिहेमोफिलिक फ्याक्टर हस्तान्तरण
नेपालबहस संवाददाता
साउन २२, २०७९ आइतबार २३:५३:५५
२२ साउन, मकवानपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका हेमोफिलियाका बिरामीका लागि एन्टिहेमोफिलिक फ्याक्टर हस्तान्तरण गरेको छ । मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा भएको एक कार्यक्रममा प्रदेशको स्वास्थ्यमन्त्री निमा लामाले हेमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेलाई हेमोफिलिक फ्याक्टर आज हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा उनले बागमती प्रदेश सरकारबाट प्राप्त सहयोगको औषधि हेमोफिलियाका बिरामीका लागि सहजैरूपमा उपलब्ध गराउन हेमोफिलिया सोसाइटीलाई आग्रह गरेका छन् । लामाले प्रदेश सरकार यस्तैखाले अन्य रोगका बिरामीका लागि औषधि र उपचारको व्यवस्था गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । उनले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले औषधि एवं उपकरण खरिदका लागि बजेट विनियोजन गरिसकेकाले खरिद प्रक्रिया अघि बढिसकेको बताए।
आपूर्ति केन्द्रबाट सोसाइटीलाई एक हजार १ सय ३० भाइल औषधि उपलब्ध गराएको आपूर्ति केन्द्रका प्रमुख डा. अर्जुन सापकोटाले जानकारी दिए । हस्तान्तरण गरिएको सो औषधिको मूल्य करिब रु एक करोड रहेको जनाइएको छ । देशभर हेमोफिलियाका सात सय ८० र बागमती प्रदेशमा २० महिलासहित दुई सय ५० बिरामी रहेको जनाइएको छ । औषधि अभावमा गत वर्ष चार जनाको मृत्यु भएको सोसाइटीले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य आपूर्ति केन्द्रका वरिष्ठ जनस्वास्थ्य निर्देशक शम्भु काफ्लेले प्रदेश स्वास्थ्य निर्देशनालय पनि यस्ता कार्यक्रममा सहजीकरण गर्न तयार रहेको उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाको अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
माडीका गाईमा ‘क्यू फिवर’ पुष्टि !
असोज १६, २०८१ बुधबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार