कर्णाली प्रदेश : १० लाख बढीले लगाए कोरोना खोप
नेपालबहस संवाददाता
साउन २२, २०७९ सोमबार ३:१९:१२
२२ साउन, कर्णाली । कर्णाली प्रदेशमा हालसम्म १० लाख बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले दोस्रो मात्रा लगाएको जनाएको छ ।
तेस्रो मात्रा अर्थात् बुस्टर डोज लगाउनेको सङ्ख्या भने कम छ । स्वास्थ्य निर्देशक डा. रविन खड्काले पछिल्लो समय नागरिकले कोरोना खोपप्रति चासो नदिँदा बुस्टर डोज लक्ष्यअनुसार दिन नसकिएको बताए ।
“खोप पालिकास्तरमै पठाइएको छ, तर नागरिक लगाउन नआउँदा १० हजार डोज खेर गयो”, उनले भने, “कोरोना बढेपछि आत्तिने र कम हुँदा लापरबाही गर्ने प्रवृत्तिका कारण मानिस खोप लगाउन बेवास्ता गरिरहेका छन् । यसले गर्दा बुस्टर डोज सबैलाई लगाउन सकिएन ।” बुस्टर डोज लगाउनेको सङ्ख्या चार लाख १३ हजार ४६६ रहेको छ ।
निर्देशनालयका अनुसार कूल जनसङ्ख्याको ६८.७ प्रतिशत नागरिकलाई खोपको पहिलो मात्रा दिने लक्ष्य लिएकामा लक्षित जनसङ्ख्याको ५९ प्रतिशतले पहिलो मात्रा डोज लगाएका छन् । ६६.८ प्रतिशतलाई दोस्रो मात्रा दिने लक्ष्य लिएकामा ५७ प्रतिशतले खोप लगाए । खोपको पहिलो र दोस्रो मात्रा दुवै लगाउने १२ देखि १७ वर्ष उमेर समूहका छन् ।
कर्णालीमा हालसम्म एक लाख ९७ हजार ३३८ जनामा कोरोना परीक्षण गरिएको छ । संक्रमण पुष्टि भएका ३९ हजार नौ जनामध्ये तीन सय ९१ जनाको कारण मृत्यु भएको थियो । निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार प्रदेशभर सक्रिय संक्रमतिको सङ्ख्या एक सय ४३ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
स्वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित
पुष २८, २०८१ आइतबार
सहकारी ठगी प्रकरण : रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै
पुष २८, २०८१ आइतबार
दुई उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको युक्रेनको दावी
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने, दिउँसो पत्रकार सम्मेलन
पुष २८, २०८१ आइतबार
मोरङ र झापा तीनपोखरी आमन्त्रण कपको सेमिफाइनलमा
पुष २८, २०८१ आइतबार