अनुभवी संचालक र युवा व्यवस्थापनले सिटिजन्स बैंक प्रगति पथमा अघि बढ्दै
आर्थिक संवाददाता
साउन २३, २०७९ सोमबार २१:४६:११
२३ साउन, काठमाडौं । अनुभवी संचालक समिति र युवा उच्च व्यवस्थापनको कारणले गर्दा सिटिजन्स बैंकले केही समयदेखि राम्रो प्रदर्शन गर्दै आएको छ । नागरिक लगानीकोषको मुख्यलगानी रहेको सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै औसत भन्दा माथि प्रदर्शन गर्न सफल भएको हाे।
वाणिज्य बैंकहरुले औसतमा २३ प्रतिशतले मुनाफा वृद्धि गरेकोमा यस बैंकले करिब २५ प्रतिशतले खुद मुनाफा वृद्धि गर्न सफल भएको छ। बैंकले आफ्नो व्यापार पनि दोहोरो अंकले विस्तार गरेको छ । एक वर्षको अवधिमा कर्जा प्रवाह करिब ११ प्रतिशतले वृद्धि भएको छ ।
सिटिजन्स बैंकको संचालक समितिको अध्यक्षमा राजनसिंह भण्डारी छन् भने संचालक समितिका अन्य सदस्यमा प्रकाशचन्द्र मैनाली, विजय ध्वज कार्की, सीता कार्की (के.सी.), प्रवलजंग पाण्डे, सजन शर्मा र स्वतन्त्र संचालकमा अनिल ज्ञवाली कार्यरत छन्।
नेपाली बैंकिङ उद्योगमा एक प्रतिष्ठित व्यक्तित्व राजनसिंह भण्डारी ICAI बाट चार्टर्ड एकाउन्टेन्ट र त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
विगतमा नेपाल बैंकर्स संघ (एनबीए) को अध्यक्ष, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) का अध्यक्ष, नेपाल क्लियरिङ हाउस लिमिटेडका अध्यक्ष, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका अध्यक्ष जस्ता धेरै महत्त्वपूर्ण पदमा काम गरेको अनुभव छ । उनी नेपाल व्यवस्थापन संघका उपाध्यक्ष पनि थिए।
भण्डारीले नेपाल राष्ट्र बैंकमा २६ वर्ष (जुन १९८० देखि डिसेम्बर २००६) मा विभिन्न पदमा सेवा गरिसकेका छन् र राष्ट्र बैंकबाट बाहिरिने क्रममा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए। नेपाल राष्ट्र बैंकमा रहँदा भण्डारी नेपालको वित्तीय क्षेत्र सुधार कार्यक्रमको नेतृत्व र समन्वय गर्ने प्रमुख व्यक्ति मध्ये एक थिए । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका संस्थापक सीईओ रहेका भण्डारीले सन् २००७ देखि सन् २०१८ सम्म बैंकको प्रगतिमा महत्वपूर्ण योगदान दिएका थिए।
त्यस्तै बैंक उच्च व्यवस्थापनमा गणेशराज पोखरेल प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् भने सुमित बाबु खत्री सिनियर नायव प्रमुख कार्यकारी अधिकृत छन् त्यस्तै पारस कुमार काफ्ले र राजेन्द्रलाल श्रेष्ठ नायव प्रमुख कार्यकारी अधिकृत हुँदा रामधन श्रेष्ठ एसिस्टेन्ट प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।
२५ वर्षभन्दा बढीको अनुभव भएका व्यवसायिक बैंकर गणेशराज पोखरेलले काठमाडौं विश्वविद्यालयबाट वित्त शास्त्रमा एमबीए डिग्री लिएका छन् भने त्रिभुवन विश्वविद्यालयबाट एमबीए (मार्केटिंग) र बीएल (बैंकिङ) डिग्री हासिल गरेका छन् ।
बैंकमा सबैभन्दा ठूलो लगानी नागरिक लगानीकोषको रहेको छ। बैंकमा कोषको ३ दशमलव ३३ प्रतिशत शेयर स्वामित्व रहेको छ भने दोश्रोमा उर्मिला पाण्डेको नाममा ३ दशमलव ३० प्रतिशत शेयर स्वामित्तव रहेको छ।
बैंकको आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमास र आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमासलाई दाँजेर हेर्दा :
खुद मुनाफामा आकर्षक वृद्धि :
आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ८० करोड खुद मुनाफा गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म २ अर्ब २५ करोड खुद मुनाफा पुर्याउन सफल भएको छ । खुद मुनाफामा करिब २५ प्रतिशत माथिको वृद्धि भएको छ । सम्पूर्ण वाणिज्य बैंकले औसतमा २३ प्रतिशतको मुनाफा वृद्धि गर्न सफल भएकोमा यस बैंकले औसत भन्दा राम्रो मुनाफा वृद्धि गर्न सफल भएको छ ।
प्रमुख आम्दानीको श्रोतमा ४० प्रतिशत माथिको वृद्धि :
बैंकहरुको प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा करिब ४० प्रतिशत माथिको वृद्धि देखिएको छ । आर्थिक वर्ष ०७७/७८ को चौथो त्रैमाससम्ममा ३ अर्ब ६५ करोड खुद व्याज आम्दानी गर्न सफल यस बैंकले गत आर्थिक वर्ष ०७८/७९ को चौथो त्रैमाससम्म ५ अर्ब १२ करोड खुद व्याज आम्दानी पुर्याउन सफल भएको छ ।
संचालन मुनाफामा करिव २५ प्रतिशतको वृद्धि :
संचालन मुनाफामा करिव २५ प्रतिशतको वृद्धि हुँदै ३ अर्ब ०६ करोड पुगेको छ ।
निक्षेप र कर्जा प्रवाह :
असार मसान्तसम्म बैंकले १ खर्ब ५२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब कर्जा प्रवाह गरेको छ । एक वर्षको अवधिमा निक्षेप संकलन करिव ९ प्रतिशतले वृद्धि हुँदा कर्जा प्रवाह भने करिव ११ प्रतिशतले वृद्धि भएको छ ।
किताबी मूल्य :
बैंकको प्रतिशेयर नेट्वर्थ (किताबी मूल्य) १४५ रुपैयाँ ३९ पैसा छ ।
सीडी रेसियो सहज :
बैंकको सीडी रेसियो ८५ प्रतिशत रहेको छ । समालिएर कारोवार गर्नाले बैंकलाई तरलताको त्यति प्रेसर नभएको र केही अझै लगानीयोग्य तरलता बैंकमा रहेको बुझ्न सकिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार