सशस्त्र प्रहरीलाई टेन्ट र छाप्राकै बास
नेपालबहस संवाददाता
साउन २४, २०७९ मंगलबार १७:५०:४८
२४ साउन, कञ्चनपुर । भारतसँग सीमा जोडिएका कञ्चनपुरका २० वटा स्थानमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बिओपी) मध्ये छबाहेक अन्यमा भौतिक संरचनाको अभाव रहेको छ ।
वर्षात्का बेला सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई बस्नकै लागि भरपर्दो भौतिक संरचना नहुँदा सास्ती खेप्न बाध्य छन् । पुर्नवास, बेलौरी, देवीस्थान, भुडा, ब्रम्हदेव, पचुइमा मात्रै बस्नका लागि भवन रहेका छन् । अन्य बिओपीमा बस्नका लागि टेन्ट र कच्ची संरचना रहेका छन् ।
अधिकांश बिओपी बस्नलायक नभएको बताइएको छ । वर्षात्का बेला टेन्ट र छाप्रामा बस्नुपर्दा हतियार जोगाउनै सशस्त्र प्रहरीलाई मुस्किल छ। टेन्ट र छाप्रा चुहिनेसँगै डुबानमा समेत पर्ने भएकाले सशस्त्र प्रहरीलाई निकै सास्ती छ । वर्षात् आउनुअगावै टेन्टमा रहेका बिओपीमा बस्ने जवानका लागि नयाँ टेन्टको व्यवस्था गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण झलारीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐरले बताए । “टेन्ट पुराना भइसकेका थिए”, उनले भने, “जगेडा रहेका टेन्ट उपलब्ध गराएका छौँ ।”
जग्गा प्राप्ति नहुँदासम्म केन्द्रले बजेट नदिने व्यवस्थाका कारणले भौतिक संरचना बनाउन नसकिएको उनको भनाइ छ । “सबै ठाउँमा जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको छ”, उनले भने, “केन्द्रबाट बजेट आएपछि भौतिक संरचना निर्माण गर्छौँ ।”
दुईवटा फरवार्ड अब्जर्बेशन क्याम्पका लागि भने बोलपत्र भएको उनले बताए । वर्षात्का बेला खल्ला मुसेट्टिलाई छाडेर सबै ठाउँमा गाडीमा पुग्न सकिने उनले बताए । उनका अनुसार पाँचदेखि सात किलोमिटरको दूरीमा बिओपी राखिएका छन् । “पाँचदेखि सात किलोमिटरमा बिओपी छन् । बिओपी स्थापना भएपछि सीमामा हुने आपराधिक गतिविधि कम भएका छन्”, उनले भने । डोकेबजारबाट खल्लामुसेट्टिसम्मको भारतसँग जोडिएको एक सय २९ किलोमिटर क्षेत्रको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार