सिट बाँडफाँड न्यायोचित हुनुपर्ने देउवालाई झलनाथको सुझाव
नेपालबहस संवाददाता
साउन २४, २०७९ मंगलबार १९:३:१०
२४ साउन काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सिट बाँडफाँटका लागि सत्तारुढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएर गृहकार्य सुरु गरिरहेका बेला सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष २०७४ र स्थानिय चुनवाका आधारमा सिट बाँडफाँड गर्ने प्रस्ताव राखेका छन् ।
नेता झलनाथ खनालले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँट गर्दा मुख्यगरी दुईवटा आधारमा गर्नुपर्ने प्रस्ताव गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर नेता खनालले सिट बाँडफाँट न्यायोचित ढंगले हुनुपर्ने भन्दै दुईवटा आधार अघि सारेका हुन् ।
पुर्व प्रधानमन्त्री समेत रहनु भएका खनालले सम्मानजनक ढंगले सिट बाँडफाँड नभए गठबन्धनको औचित्य नहुने समेत बताए । साथै उनले प्रधानमन्त्रीसँगको भेटमा कार्यदललाई चाँडो काम गर्न लगाएर सिट तालमेलको मोडालिटीबारे प्रस्ट हुनुपर्ने बताए।
गठबनधनले सिट बाँडफाँटका लागि कार्यदल बनाएको छ । गत साउन २० गते बसेको गठबन्धनको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । जसमा काँग्रेसका पुर्व महामन्त्री कृष्ण सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की , माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन रहेका छन् ।
जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेल र हिमलाल पुरी छन् भने नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार