सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकलाई सम्मान
नेपालबहस संवाददाता
साउन २४, २०७९ मंगलबार २०:४३:२१
२४ साउन , काठमाडौँ । नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७औँ वर्षगाँठ मनाउने क्रममा नेपाली राजदूतावास, बेइजिङले आइतबार दूतावास परिसरमा एक कार्यक्रमको आयोजना गरी सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकहरुलाई सम्मान गरेको छ ।
आर्थिक कूटनीतिसम्बन्धी कार्यक्रमअन्तर्गत नेपालको पर्वतारोहण प्रवद्र्धनसम्बन्धी ‘माउन्टेनियरिङ एन्ड ट्रेकिङ इन नेपाल’ विषयक कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थियो ।
उनले नेपाल र चीनबीच रहिआएको सौहाद्र्रपूर्ण द्विपक्षीय सम्बन्धका बारेमा चर्चा गर्दै दुई मुलुक बीचको उच्चस्तरीय भ्रमणहरु तथा जनस्तरमा हुने आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने बताएको दूतावासले जनाएको छ ।
कार्यक्रमको प्रमुख उद्देश्य नेपालका तर्फबाट सगरमाथा आरोहण गरेका चिनियाँ नागरिकहरुलाई सम्मान गर्ने तथा नेपालमा रहेको पर्वतारोहण र ट्रेकिङ पर्यटनको प्रचुर सम्भाव्यताका बारेमा प्रवद्र्धन गरेका थियो ।
उनले पर्यटकका लागि नेपालमा प्रचुर मात्रामा प्राकृतिक एवम् सांस्कृतिक विविधता रहेको उल्लेख गर्दै सगरमाथासहित आठ हजार मिटरभन्दा बढी उचाइ भएका आठ हिमालचुलीहरु, बुद्धको जन्मस्थल लुम्बिनी तथा नेपालमा रहेका विश्व सम्पदा सूचीकृत पर्यटकीयस्थलका बारेमा जानकारी गराए ।
उनले सहभागीलाई नेपाल भ्रमण गर्न र नेपालमा रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि आह्वान गरे । कार्यक्रममा उपस्थित नेपालका तर्फबाट सगरमाथा आरोहण गरेका ३१ चिनियाँ नागरिकलाई राजदूत श्रेष्ठले खादा लगाई सम्मानपत्र वितरण गरेका थियो ।
कार्यक्रममा आरोहीका तर्फबाट तीन जनाले आरोहणका क्रममा लिइएका तस्वीर एवम् भिडियोसहित सगरमाथा आरोहणबारे आफ्नो अनुभव समेटी प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत बेइजिङस्थित चाइना एड्भेन्चर एसोसिएशनका अध्यक्ष हान बो र इन्टरनेसनल माउन्टेन टुरिज्म एलाइन्सका बेइजिङस्थित सम्पर्क कार्यालयका प्रतिनिधि सु सिमिङले कार्यक्रममा मन्तव्य राखेका थिए ।
त्यसैगरी नेपाल माउन्टेनियरिङ एसोसिएशनका अध्यक्ष निमानुरु शेर्पा र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापाले भर्चुअल माध्यमबाट प्रस्तुतिकरण गरी नेपालको पर्वतारोहण तथा ट्रेकिङको विशेषता एवं आकर्षणका बारेमा प्रकाश पारेको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी सगरमाथाको चार पटक आरोहण गरेका चिनियाँ नागरिक सिया बोयुले सगरमाथा आरोहणको आफ्नो अनुभव समेटेको मर्मस्पर्शी भिडियो देखाउँदै चिनियाँ नागरिकलाई सगरमाथाको आरोहण गर्न उत्साहित बनाए ।
सिया बोयु कृत्रिम खुट्टाले सगरमाथाको आरोहण गर्ने पहिलो चिनियाँ नागरिक हुन । उनले सगरमाथा आरोहणका क्रममै आफ्नो खुट्टा गुमाए ।
सगरमाथा आरोहणलाई समेटेर क्याप्टेन माउन्ट एभरेष्ट चलचित्र निर्माण गरेका सगरमाथा आरोही वाङ पिङ तथा अर्का आरोही लुओ बिआओले सगरमाथा आरोहणका बारेमा आफ्ना अनुभव समेटी प्रस्तुति गरेका थियो ।
कार्यक्रममा नेपालको पर्यटकीयस्थल एवम् चिनियाँ सगरमाथा आरोहीहरुको तस्वीर प्रदर्शन गरिनाका साथै नेपालको पर्यटनसम्बन्धी भिडियोसमेत देखाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले दिए मकर सङ्क्रान्तिको शुभकामना
माघ १, २०८१ मंगलबार
फेरि सक्रिय हुँदै समाजवादी मोर्चा, आज कार्यदलको बैठक बस्दै
माघ १, २०८१ मंगलबार
मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै, आज कार्यदलको पहिलो बैठक
माघ १, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
४० प्लस उमेरमा कसरी जवान देखिने ? अपनाउनुहोस् यी उपाय
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
युक्रेन युद्धमा ३ सय उत्तर कोरियाली सैनिक मारिएको दक्षिण कोरियाको दावी
माघ १, २०८१ मंगलबार
कस्तो छ आज तरकारी र फलफूलको भाउ ?
माघ १, २०८१ मंगलबार
आज जैविक विविधता दिवस मनाइँदै
माघ १, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीले दिए मकर सङ्क्रान्तिको शुभकामना
माघ १, २०८१ मंगलबार