दार्चुलामा स्याउ उत्पादन बढ्दो
नेपालबहस संवाददाता
साउन २४, २०७९ मंगलबार २१:१६:१७
२४ साउन, दार्चुला । दार्चुलामा यो वर्ष स्याउ उत्पादन राम्रो भएको छ । स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनका अनुसार जिल्लाभरि दुई सय ४९ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ ।
“गाउँगाउँमा स्याउँ उत्पादन राम्रो भएको छ”, अपी हिमाल गाउँपालिका– ४ का स्थानीय जनक ठेकरले भने, “केही समयपछि स्याउ बजारमा आउने अवस्थामा पुगेको छ ।” स्याउको हरेक बोटमा लटरम्म फलेका छन् । अहिले सदरमुकाम खलंगामा भारतबाट आयात हुने स्याउ दुई सय ५० प्रतिकेजी पुगेको छ । तर जिल्लाभरि उत्पादन हुने स्याउ सदरमुकामसम्म ल्याउन किसानलाई बाटो नहुँदा समस्या छ । “गाउँ नजिक बजार छैन्”, स्याउ कृषक कपुरसिंह धामीले भने, “खलंगा ल्याउन ढुवानीमै समस्या छ ।” सडक संजाल नजोडिएको कारण पनि स्याउ बजारमा ल्याएर बिक्री गर्न सकिने अवस्था छैन ।
दार्चुला ब्यासको छाङ्गरु तथा गागामा हजारौँ बिरुवा स्याउ लगाइएकोमा त्यसबाट राम्रो फल लागेको छ । तर यहाँ उत्पादन भएका स्याउ बजारसम्म ल्याउन नेपालतिर बाटो नहुँदा किसान मर्कामा परेका छन् । स्याउ जोन दार्चुलाका कार्यालय प्रमुख विष्णुप्रसाद ओझाका अनुसार हरेक वर्ष स्याउ उत्पादन क्षेत्र बढ्दै गएको छ । किसानले उत्पादन बढाउँदै लगेका छन् । किसानले उत्पादन गरेको स्याउ बजारसम्म ल्याउन भने सकिरहेका छैनन् ।
दुर्गम क्षेत्रमा स्याउ उत्पादन भइरहेको छ । तर सडक पहुँच नपुगेकै कारण किसानले उत्पादन गरेको स्याउले बजार पाउन नसकेको ओझाको भनाइ छ । जिल्लामा वार्षिक एक हजारभन्दा बढी टन स्याउ उत्पादन हुने गरेको छ । जिल्लामा आर्थिक वर्ष २०७६÷७७ मा नौ सय १० मेट्रिक टन र ०७७÷७८ मा एक हजार दुई सय १५ मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालय प्रमुख ओझाले बताए । २०७६÷७७ मा स्याउको बोटमा किरा लाग्नु र मौसममा आएको परिवर्तनका कारण स्याउ उत्पादन घटेको उनको भनाइ छ ।
जिल्लामा गत वर्ष मात्र स्याउ जोन कार्यालयले ६ हजार पाँच सय बोट स्याउका बिरुवा किसानलाई वितरण गरेको थियो । यहाँको मौसममा सुहाउँदो इटाली, गाला फुजी रोयल, डेलिसियस, गोल्डन डेलिसियस जातका स्याउका उत्पादन गरिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
गुल्मीमा सुन्तला उत्पादन बढ्यो, कृषक खुसी
पुष २६, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार