जलेश्वर नगरपालिका पूर्ण खोप घोषणा
नेपालबहस संवाददाता
साउन २४, २०७९ मंगलबार २१:५७:५०
२४ साउन, जलेश्वर । जलेश्वर नगरपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ । नगर खोप समन्वय समिति र नगरपालिकाद्वारा आज आयोजना गरिएको पूर्ण खोप घोषणा कार्यक्रममा नगरप्रमुख सुरेश साह सोनारले यस नगरलाई पूर्ण खोपको सुनिशिचतता र दिगोपना घोषणा गरेका हुन्।
उनले नगर क्षेत्रभित्र जन्मेका र जन्मने प्रत्येक बालबालिकाले आवश्यक सम्पूर्ण खोपहरु पाउने र पाइरहेको पनि बताए । त्यस्तै महिलाहरुका लागि पनि आवश्यक सबै खोप उपलब्ध रहेको र सबैले सबै खोप पाइरहेकाले जलेश्वरलाई पूर्ण खोप घोषणा गरिएको जानकारी दिँदै नगरप्रमुख सोनारले नगरभित्रका स्वास्थ्य संस्थाहरुमा चौबिसै घण्टा प्रत्येक खोपको व्यवास्था रहेको तथा अब खोपकै अभावमा यहाँका कुनै पनि बालबालिका तथा महिलाहरु कुनै पनि रोगको सिकार भएर मृत्युवरण गर्नुपर्ने अवस्था नआउने प्रतिबद्धता पनि प्रकट गरे ।
जलेश्वरलाई पूर्ण खोपको सुनिश्चितता र दिगोपना घोषणा गराउनमा यस नगरभित्रका स्वास्थ्य संस्थाहरुमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वयम्सेविकासहित स्वास्थ्य समूहलाई सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार
‘समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ’
पुष २६, २०८१ शुक्रबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार