सामुदायिक विद्युत अनियमितताको उजुरी प्रशासनमा, आर्थिक चलखेलको आशंका
नेपालबहस संवाददाता
साउन २४, २०७९ बुधबार ०:३५:३
२४ साउन, स्याङ्जा । सामुदायिक विद्युत उपभोक्ता समिति ओकोबराले विद्युत सेवा प्रवाह देखि आर्थिक अनियमितता गरेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा छानविनका लागि उजुरी दर्ता गरिएको छ । स्थानीय उपभोक्ता डोलराज पोख्रेलको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासनमा उजुरी दर्ता गराएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नमिता रेग्मी समक्ष छाविनको उजुरी पेश गरेको स्थानीय उपभोक्ता पोख्रेलले बताए । टोलीले दर्ता गराएको उजुरीमा लामो समयदेखी हिसाबकिताव सार्वजनिक नगरेको, सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि अझै नेतृत्वमा, अवैधानिक अधिवेसन र साधरणसभा गरेको, कमसल खालका सामाग्री खरिद गरेको, बत्ति जाने समस्या समाधानमा चासो नदिएको लगायतका बिषय उल्लेख गरिएको छ ।
ग्रामिण क्षेत्रमा विद्युत आपुर्ति पुरागर्ने उदेश्य राखेर दर्ता गरिएको संस्थाले लामो समयदेखी हिसावकिताब सार्वजनिक नगरिनु, साधरणसभा तथा अधिवेसन नगरिनुले संस्थामा ठुलो आर्थिक चलखेल भएको हुनसक्ने आशंका स्थानीयले गरेका छन् । प्रतिनिधि मुलकतवरबाट पेश गरिएको उजुरीमा झण्डै २ दर्जन उपभोक्ताले हस्ताक्षर गरेको बुझिएको छ । सामुदायिक विद्युत उपभोक्त समिति ओकोबरा, कोल्मा बराचौर स्याङ्जा नामबाट झण्डै १५ बर्ष अगाडी जिल्ला प्रशासन कार्यालय स्याङ्जामा यो संस्था दर्ता गरिएको थियो ।
विद्युत प्राधिकरणसगँ सम्झौता गरी पुतलीबजारको केही वडा, बिरुवा र हरिनास गाँउपालिकाका जनतालाई सामुदायिक मार्फत विद्युत सेवाप्रवाह गर्दै आएको छ । १२ बर्षदेखि संस्थाको साधरणसभा र अधिवेसन नगरिएको आरोप उजुरीमा लगाइएको छ । झण्डै ३ हजार ५० उपभोक्ता रहेको सो संस्थामा लामो समयदेखि संस्थाको प्रगति विवरण पाउनबाट बन्चित रहेका उपभोक्ता अहिले छानविन गरी कारवाहिको माग गर्दै उजुरी लिएर जिल्ला प्रशासन धाउन बाध्य रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर संस्था सञ्चालन गरिएको भएपनि अहिले सम्म प्रशासनमा झुटो विवरण बुझाएर नविकरण गरिएको बताइएको छ । यस बिषयमा तत्काल छानविन प्रक्रिया अगाडी बढाईने जिल्ला प्रशासन स्याङ्जाले जनाएको छ । यता संस्थाका कार्यालय प्रमुख डोलराज पौडेलले भने लामो समयदेखि अधिवेसन नभएको स्विकारेका छन् ।
साधरणसभा र अधिवेसन गर्ने भन्दा भन्दै कोरोना संक्रमण शुरु भएकाले अधिवेसन गर्न ढिलाई भएको पौडेलले बताए । संस्थामा आर्थिक अनियमितता नभएको दावी गर्दै पौडेलले संस्था संचालनमा कठिनाई नभएको बताए । भदौ महिनाभित्र संस्थाको अधिवेसन र साधरण सभा हुने निर्णय भएको उनले सुनाए ।
टोलीले विभिन्नमाग राख्दै समितिलाई समेत ज्ञापनपत्र बुझाएको स्थानीय अजित क्षेत्रीले बताए । उपभोक्ताले राखेको मागलाई सम्बोधन नगरेमा कडा कदम चाल्न सकिने ज्ञापनपत्रमा उल्लेख छ । बिरुवा र हरिनास गाँउपालिका जिल्लाको अलिग्रामिण क्षेत्र भएको पालिका हो । यहाँका बासिन्दाले विद्युत सेवामा बेला बेलामा समस्या झेल्दै आएको गुनासो आइरहेको थियो । असुर क्षिति विद्युत प्रयोग गर्न बाधय भएको यहाँका सेवाग्राहीका बारेमा विद्युत प्राधिकरण र सम्वन्धित निकायले चासो दिनु जरुरी देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार