सडकबाटै झण्डै ७१ लाख राजस्व संकलन
नेपालबहस संवाददाता
साउन २४, २०७९ बुधबार १:४७:४६
२४ साउन, वालिङ । जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले एक बर्षको अवधीमा झण्डै ७१ लाख राजस्व संकलन गरेको छ । आर्थिक बर्ष २०७८/०७९ मा सडकमा कानुन उल्लघंन गरेका सवारी साधनलाई कारवाही गर्दा सो राजस्व संकलन भएको हो ।
जिल्ला ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार आर्थिक बर्षमा विभिन्न सवारी साधनलाई कारवाही गर्दा २०७८/०७८ मा ७० लाख ८४ हजार राजस्व संकलन भएको छ । गएको आवमा ९ हजार ९ सय १६ सवारी साधन कारवाहीमा परेका थिए । कारवाहीमा सबै भन्दाबढी दुईपाङ्ग्रे सवारी साधन परेको तथ्याङ्क ट्राफिक प्रहरीसँग छ ।
ट्राफिक प्रहरीका अनुसार गत आवमा ट्रक १११६, बस १२५९, जिपकार भेन २३०५, ट्याक्टर ११०६, मोटरसाईकल ३६८४ र अन्य ४४६ गरी ९९१६ सवारी साधन सडक कानुन उल्लघंनमा परेका छन् । त्रिबर्षिय तथ्याङ्क अनुसार स्याङ्जामा कारवाहीको संख्यामा भने धेरैनै बृद्धि भएको देखिएको छ ।
कारवाही सगै राजस्व संकलनमा पनि गतआव सफल भएको देखिएको छ । हरेक बर्ष सवारी साधनको बृद्धि हुनुले पनि कारवाही संख्या बढेको ट्राफिक प्रहरी स्याङ्जाका प्रमुख मीनबहादुर कुँवरले बताए । अगाडीका आवमा कोभिड संक्रमणले सडकमा कमै सवारी साधन गुडेको कारण पनि गतआवमा सवारी कारवाही संख्या बढेको देखिएको उनले बताए ।
सडकमै अस्पष्ट भएका नम्वर प्लेट लेखिदिने, यात्रु र चालकदललाई नमस्कार अभियान सगै सचेतना अभियानलाई तिब्र पारेको दावी उनको छ । यसले गर्दा शुरुभएको आर्थिक बर्ष २०७९/०८० मा कारवाही संख्या घट्ने अनुमान जिल्ला ट्राफिक प्रहरीको छ । मापदण्ड भन्दा बढी यात्रु चढाउने क्रम ग्रामिण क्षेत्रमा बढेकोले अब ट्राफिकको निगरानी ग्रामिण सडकमा बढाउने कुँवरले बताए ।
त्रिवर्षिय तथ्याङक अनुसार स्याङजामा आर्थिक बर्ष २०७५/०७६ मा ११ हजार २ सय २८ सवारी कारवाहीमा पर्दा ७२ लाख ६८ हजार ५ सय, आर्थिक बर्ष २०७६/०७७ मा ७ हजार ९ सय ९२ सवारी साधन कारवाहीमा पर्दा ५२ लाख १५ हजार ५ सय र आर्थिक बर्ष २०७७/०७८ मा ६ हजार ९ सय ४७ सवारी साधन कारवाहीमा पर्दा ४५ लाख ७० हजार राजस्व ट्राफिक प्रहरीले सडकबाटै संकलन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार