मुक्तिनाथको सामाजिक उत्तरदायित्वमा सहयोग
नेपालबहस संवाददाता
साउन २४, २०७९ बुधबार १:५५:५०
२४ साउन, वालिङ । मुक्तिनाथ विकास बैंक लिमिटेड शाखा कार्यालय वालिङले समाजिक उत्तरदायित्व कार्यक्रम अन्गर्तत आर्थिक सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले विश्व हिन्दु महासंघ जिल्ला शाखा, स्याङजाले अयोजना गरेको “बैदिक सभ्यता” नामक गहन पुस्तक विमोचन कार्यक्रमका विच आर्थिक सहयोग रकम रु. ५० हजार सहयोग हस्तान्तरण गरेको हो ।
उक्त कायक्रममा मुक्तिनाथ विकास बैंक लि. उप क्षेत्रीय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्लेले मुक्तिनाथ विकास बैंकले विगत देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक काम गर्दै आईरहेको तथा आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु बढाउँदै जाने प्रतिबद्धता गरेका छन् ।
वालिङ नगरपालिकाका नगर उप–प्रमुख कविता तिवारी, विश्व हिन्दु महासङ्घ जिल्ला शाखाका अध्यक्ष हरीहर पाण्डे, उपाध्यक्ष लगायत सम्पुर्ण कार्यसमितिहरु र अन्य सामाजिक व्यत्तित्वहरुको रोहवरमा बैंकले आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । कार्यक्रममा बोल्दै नगर उप–प्रमुख तिवारीले मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमको खुलेरै प्रशंसा गरीन् ।
बैंकको यस्तै कामले गर्दा नै मुक्तिनाथ विकास बैंकले छोटो समयमा नै राम्रो प्रगति गर्न सफल भएको तिवारीको भनाई छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरि प्रत्येक शाखाबाट विभिन्न सामाजिक काम प्रत्येक बर्ष गर्दै आईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार