‘शहीदका सपना पूरा गर्न मिल्नुपर्छ’
नेपालबहस संवाददाता
साउन २५, २०७९ बुधबार १९:४६:१
२५ साउन , कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शहीदको सपना साकार पार्न सबै मिलेर अघि बढ्नुपर्ने बताए ।
शहीद याम बिसी स्मृति प्रतिष्ठानद्वारा आज सुर्खेतमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले कम्तीमा सङ्घीयता ल्याउने दलहरुबीच मेलमिलाप जरुरी रहेको बताए ।
आन्दोलनको तागतबाट कर्णाली प्रदेश जन्मिएको जनाउँदै मन्त्री बुढाक्षेत्रीले प्रदेशको विकास र समृद्धिका सवालमा सबैको ऐक्यबद्धता आवश्यक रहेको विचार व्यक्त गरे ।
“चारजना शहीदको बलिदानी नै कर्णाली प्रदेश जन्मिएको हो, शहीदको रगतको अपमान गर्नु हुँदैन,” उनले भने, “प्रदेश सरकारले शहीद परिवारसँग छलफल गरेर छात्रवृत्ति जीविकोपार्जनसम्बन्धी कार्यक्रम, रोजगारी, घाइतेको उपचार लगायतका विषयमा बजेट विनियोजन गर्दै आएको छ, यस वर्ष पनि ती कार्यक्रमले निरन्तरता पाएका छन् ।”
संविधान निर्माणपूर्व सीमाङ्कन गर्दा छ प्रदेशको खाका सार्वजनिक भएपछि तत्कालीन भेरी– कर्णाली क्षेत्रका बासिन्दा आन्दोलित भएका थिए । कर्णाली, भेरी र राप्तीका केही जिल्लालाई जोडेर अलग प्रदेश बनाउनुपर्ने माग राखी २०७२ साल साउन २४ गतेदेखि आन्दोलन सुरु भएको थियो ।
आन्दोलनकै क्रममा साउन २५ गते वीरेन्द्रनगर– ७ का याम बिसीको प्रहरीको गोली लागी मृत्यु भएको थियो । प्रदेश स्थापनाका क्रममा १३ दिनसम्म चलेको आन्दोलनमा बिसीका साथै वीरेन्द्रनगर– ४ का गोपालसिं रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवरको मृत्यु भएको थियो ।
आन्दोलन उत्कर्षमा पुगेपछि साबिक कर्णाली अञ्चलसहित, भेरीका सुर्खेत, दैलेख, जाजरकोट र राप्तीका सल्यान, रुकुम पश्चिम जिल्लालाई समेटेर अलग प्रदेशको घोषणा गरिएको थियो । बिसीले सहादत प्राप्त गरे स्मृतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रदेश सरकारले शहीदको योगदान बिर्सिंदै गएको गुनासो गरे ।
याम बिसीका बुबा शेरबहादुर बुढाले सरकारले आश्वासन अझै पूरा नगर्दा पीडाबोध भइरहेको बताए । प्रदेश सरकार र आफूहरुबीच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर नहुँदा शहीद परिवारका सदस्यले रोजगारी पाउन नसकेको उनको गुनासो छ ।
शहीद टीकाराम गौतमका छोरा अमृतले प्रदेश सरकारले छात्रवृत्तिका नाममा वार्षिक रु २४ हजारबाहेक अन्य कार्यक्रम नल्याएको बताए । शहीद परिवारका सदस्यलाई रोजगारी, निःशुल्क औषधोपचार र आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार