बैतडीमा विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित
नेपालबहस संवाददाता
साउन २५, २०७९ बुधबार १९:५४:१७
२५ साउन, बैतडी । बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित भएको हो ।
विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस् हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले जानकारी दिए । गत हप्तादेखि छात्रामा यो समस्या देखिएको जनाइएको छ । उनले भने,“दैनिक चार÷पाँच छात्रामा यो समस्या देखिने गरेको छ । कक्षा ५ देखि १० कक्षामुनिका छात्रामा बढीजसो यो लक्षण देखिएको छ । १२ देखि १४ उमेर समूहमा छात्रामा बढी समस्या छ ।”
विद्यार्थीमा दैनिक बेहोस् हुने समस्या देखिन थालेपछि पठनपाठनकार्य प्रभावित भएको प्रअ बागको भनाइ छ । बिद्यालयमा एक र दुई घण्टी पढेपछि उनीहरूमा यो समस्या सुरु हुन्छ । एक छात्रालाई यो समस्या देखिएलगत्तै अरु छात्रामा पनि लगत्तै देखिन्छ ।
छात्रामा देखिएको यो समस्याको बारेमा स्वास्थ्यकर्मी पनि सोधेको उनले बताए । प्रअ बागले भने,“हामीले स्वास्थ्यकर्मीलाई पनि समस्याको बारेमा जानकारी गरायौँ । स्वास्थ्यकर्मीकै सल्लाहअनुसार दुई पिरियड मात्रै पठनपाठन गरेर बाँकी समय मनोरञ्जनमा जोड दिएका छौँ ।”
छात्रामा देखिएको यो समस्या मास हिस्टेरिया रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने,“यो सामान्य खालको बिरामीको लक्षण हुन् । उनीहरुमा भावना उत्पन्न भएर एकबाट अर्कोमा हुने गर्दछ । मनोपरामर्शलाई जोड दिनुपर्छ, सान्तना दिने, मनोबल बढाउने खालका कुरा गर्ने सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिन खालका कार्यक्रम गनुपर्छ ।”उक्त विद्यालयमा एक हजार बढी विद्यार्थी अध्ययनरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार