डेढ लाखभन्दा बढी कोरियालीमा कोरोना संक्रमण
नेपालबहस संवाददाता
साउन २५, २०७९ बुधबार १९:५४:८
२५ साउन , सोल । दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार सात सय ९२ जना काेराेनाबाट संक्रमित भएका छन् । सोमबारको तुलनामा मङ्गलबार एक हजार आठ सय ९५ जना बढी बिरामी थपिएका हुन् ।
स्वास्थ्य अधिकारीहरूका अनुसार सोमबार एक लाख ४९ हजार आठ सय ९७ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिँदा बिरामीको सङ्ख्या बढेको हो ।
मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार देशमा काेराेना संक्रमित हुनेको सङ्ख्या दुई करोड आठ लाख ४५ हजार नौ सय ७३ पुगेको छ ।
त्यसैगरी गम्भीर अवस्थाका बिरामीको सङ्ख्या पनि अघिल्लो दिनको तुलनामा ३८ ले बढेर चार सय दुई पुगेको छ । सोही अवधिमा थप ५० जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका सङ्ख्या २५ हजार तीन सय ८२ पुगेको छ ।
यसैबीच, मलेसियामा पनि सोही अवधिमा तीन हजार ८३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मङ्गलबार मध्यरातसम्ममा देशभर ४७ लाख १४ हजार चार सय ९८ जना बिरामीको अभिलेखीकरण गरिएकोे मलेसियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा दक्षिणपूर्वी एसियाली देशमा महामारीबाट थप १२ जनाको मृत्यु छ भने हालसम्म ३६ हजार ४४ जनाले यो घातक रोगबाट जीवन गुमाएका छन् ।
मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार उक्त दिन चार हजार दुई सय २९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै रोगलाई परास्त गर्ने मलेसियालीको सङ्ख्या ४६ लाख ३५ हजार सात सय ३७ पुगेको छ । हाल मलेसियामा ४२ हजार सात सय १७ जना काेराेना का सक्रिय संक्रमित छन् ।
न्युजिल्याण्डमा कोभिड–१९ का पाँच हजार एकसय ६९ नयाँ बिरामी फेला परेका तथा १८ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै काेराेनाको महामारी सुरु भएयता न्युजिल्याण्डमा एक हजार सात सय पाँच जनाको मृत्यु भएको छ ।
सन् २०२० को शुरुमा न्युजिल्याण्डमा महामारी फैलिएपछि१६ लाख ५७ हजार सात सय ४३ जना कोरोनाबाट पीडित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
रहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
पुष १२, २०८१ शुक्रबार
फ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सेतो गुम्बा र आसपासको दृश्य
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
साइपाल हिमालबाट बग्ने सेतीनदीको मुहान
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार