सुदूरपश्चिममा पैँतीस हजार मतदाता थपिए
नेपालबहस संवाददाता
साउन २५, २०७९ बुधबार २०:१७:३३
२५ साउन, महेन्द्रनगर । स्थानीय तहको निर्वाचनपछि सुदूरपश्चिम प्रदेशमा ३५ हजार दुई सय ६१ नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार स्थानीय तह निर्वाचन २०७९ सालको निवार्चनमा यहाँका नौवटै जिल्लामा गरी १६ लाख ३२ हजार एक सय ५० मतदाता थिए ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जिल्लाबाट संकलन भएर आएका नामावली रुजु गरेपछि निर्वाचन आयोगमा पठाउने जानकारी दिए ।उनका अनुसार नयाँ थपिनेमा सबैभन्दा बढी कैलाली जिल्लामा ११ हजार चार सय ३० मतदाता थपिएका छन् ।
त्यसैगरी कञ्चनपुरमा नौ हजार आठ सय २८, अछाममा चार हजार ८० मतदाता थपिएका छन् । यस्तै यहाँको पहाडी जिल्ला बाजुरामा एक हजार तीन सय ६४, दार्चुलामा एक हजार ६ सय ६४, बैतडीमा दुई हजार आठ सय ६, डडेल्धुरामा दुई हजार दुई सय ५८, बझाङमा एक हजार ६ सय ५९ र डोटीमा दुई हजार एक सय ७२ जना मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
“नयाँ आएका नामावलीहरु को साताभित्र आयोगमा पठाइसक्ने र भदौको अन्तिममा अन्तिम नामावली प्रकाशित आयोगबाट हुन्छ ।” प्रदेश कार्यालय प्रमुख भट्टले भने, “स्थानीय तहको निर्वाचनपछि आयोगले नै छुटेका मतदाताहरुको नामावली संकलन मुलुकभर थालेको थियो ।”
यस पटक अन्तिम नामावलीमा समावेश भएकाहरुले आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाका मतदान गर्न पाउनेछन् । २७ लाखभन्दा बढी जनसंख्या रहेको सुदूरपश्चिममा ८८ वटै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार