बारा प्रहरीको सफलता, मोटरसाइकल चोरीको गिरोह नै नियन्त्रणमा
नेपालबहस संवाददाता
साउन २४, २०७९ मंगलबार २०:१८:३७
२४ साउन, बीरगञ्ज । मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्लामा मोटरसाइकल चोरीका घटनाका उजुरी बढेपछि प्रहरीले थालेको विशेष अभियानबाट मोटरसाइकल चोरीमा संलग्न गिरोह नै फेला परेको हो ।
पक्राउ परेका ६ जना नै एकै स्थानका रहेको पनि प्रहरीले जनाएको छ । एकै स्थानका व्यक्तिहरु मिलेर जिल्लाभरमा मोटरसाइकल चोरीको सृङ्खला चलाएको यस घटनाले देखाएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए ।
जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार पत्रकार सम्मेलन गरी गिरोहमा संलग्न ६ जनासहित उनीहरुको साथबाट फेला परेको १२ वटा चोरीको मोटरसाइकल सार्वजनिक गरेको हो ।
साउन १९ गते बाराको बरियारपुरबाट दुइ थान मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा पक्राउ परेका पचरौता नगरपालिका ७ बेनौलीका २१ वर्षिय विशाल कुमार सहनी र २० वर्षिय भोला पटेलको बयानबाट गिरोहलाई नै समात्न सफल भएको प्रहरी उपरीक्षक बोगटीले बताए ।
पक्राउ पर्नेहरुमा सहनी र पटेलका साथै बेनौलीकै २० वर्षिय वृजमोहन साह सोनार, २० वर्षिय विजय पटेल , २४ वर्षिय हरिनारायण पटेल र २३ वर्षिय बरक सहनी रहेका छन् । उनिहरुको साथबाट चोरी गरि लुकाएर राखिएका नेपाली र भारतीय गरि विभिन्न ब्राण्डका १२ वटा मोटरसाइकल बरामद भएको बारा प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार