गत आर्थिक वर्षमा कामपाको ४४.२४ प्रतिशत बजेट खर्च
नेपालबहस संवाददाता
साउन २५, २०७९ बुधबार २१:५७:४९
२५ साउन , काठमाडौं । गत आर्थिक वर्षमा काठमाडौँ महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको आव २०७८/७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो ।
गत आर्थिक वर्षका लागि कामपाले रु १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार बजेट विनियोजन गरेको थियो । जसमा रु सात अर्ब ३१ करोड ३५ लाख २९ हजार चार सय ४२ खर्च भएको छ ।
बैठकमा कामपाका प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपनर्नेमा जोड दिए।
जनप्रतिनिधिले बनाएका नीतिहरु कर्मचारीहरुले प्रभावकारी कार्यान्वयन गरी जनताले हेर्न, देख्न र महसुस गर्ने ठाउँ रहेको भन्दै कामपाका प्रवक्ता नवीन मानन्धरले, प्राथमिकता र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर चालु आवका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे ।
बैठकमा विभाग, आयोजना, एकाइ, सचिवालय गरी २४ क्षेत्रबाट प्रस्तुतीकरण हुनेछ । गएको वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सेतो गुम्बा र आसपासको दृश्य
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
साइपाल हिमालबाट बग्ने सेतीनदीको मुहान
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार