अर्जुनचौपारीमा माछापुच्छ्रे बैंकको १६८ औ शाखा विस्तार
नेपालबहस संवाददाता
साउन २५, २०७९ बुधबार २३:२५:९
२५ साउन, स्याङ्जा । माछापुच्छ्रे बैंकले १६८ औं शाखा अर्जुनचौपारी गाउँपालिका १ मा सुरुवात गरेको छ । बैकले १६८ औ शाखा रहित बैकिङ सेवा सुचारु गरेको बैंकका डिजिटल बैकिङ नायब प्रमुख बिनय रेग्मीले जानकारी दिए ।
एक डिभाइसको माध्यमबाट शाखारहित बैकिङ सेवाले रेमिट्यान्स पाउन, खाता खोल्न, पैसा जम्मा तथा झिक्न र लगानी गर्नुका साथै फोन पे सेवा समेत दिनेछ । ८० प्रतिशत वित्तीय सेवा प्रवाह दिने उदेश्यले सुरु गरिएको यो बैंक कर्मशियलका रुपमा दोस्रो हो । यस भन्दा अगाडी राष्ट्रिय बाणिज्य बैंकले सेवा दिदै आएको थियो ।
बैंकको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले छिटो र छरितो बैकिङ सेवा दिने उदेश्यले शाखा रहित सेवा पालिकामा ल्याएको बताए । हरेक गरिब तथा निम्न आयस्तर भएका नागरिकलाई शेयरबजारको माध्यमबाट आर्थिक आर्जन गराउने उदेश्य आफ्नो रहेकोले अध्यक्ष तिवारीले अर्जुनचौपारीको माछापुच्छ्रे बैकको बैकिङ् सेवामा डिम्याट खाता खोल्न र आइपिओ भर्न कुनै थप पैसा खर्च गर्न नपर्ने बताए । बैंकका सीबीओ अजय आचार्यले शाखा रहित बैकिङ् सेवा सरल र सहज सेवा हुने बताउदै बैकिङ् प्रतिनिधीले घर घरमा पुगेर सेवा दिन सक्ने विश्वास दिलाए ।
शुभारम्भ कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ्, वडा अध्यक्ष रण बहादुर थापा, बैकिङ सेवाका प्रतिनिधी टोप बहादुर क्षेत्रीले ग्रामिण क्षेत्रमा बैकिङ् सेवा पाउनु पनि महत्वपुर्ण हुने बताए । यसै विच बैंकले भीरकोट नगरपालिका १ छाङछाङदी मन्दिरमा क्युआरपे मार्फत दान दिन मिल्ने ब्यवस्था गरिएको छ । माछापुच्छ्रे बैक वालिङ शाखाले मन्दिर ब्यवस्थापन समितिको सहकार्यमा क्युआरपे मार्फत दान दिन मिल्ने ब्यवस्था गरेको हो ।
क्युआरपेको शुभारम्भ गर्दै भीरकोट नगरपालिका प्रमुख गोबिन्द कुमार कर्माचार्यले क्युआरपे राखेर बैकले धार्मिक स्थलमा दान गर्न सहज बनाएकोमा बैंकप्रति आभार व्यक्त गरे । बैकले दर्शनार्थीले गरेको दान नबिग्रियोस र पारदर्शी बनोस भन्ने हेतुले क्युआर पे मन्दिरमा राखेको बैकका शाखा रहित बैकिङ सेवाका इन्चार्ज बिकास श्रेष्ठले बताए । अबिर र पानीले राज्यको ढुकुटी बिग्रने देखेर मन्दिरमा क्युआरपे कार्यक्रम बैकले अगाडी सारेको श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
वीरगञ्जको सुक्खाबन्दरगाहमा २० करोडले घट्यो राजस्व
मंसिर २, २०८१ आइतबार
गएको चार महिना: सरकारी वित्तमा ८६ अर्ब घाटा
मंसिर २, २०८१ आइतबार
वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
मंसिर २, २०८१ आइतबार
ठेक्का लागेको पाँच वर्षमा पनि भएन कालोपत्र
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: जसपा नेपालले कीर्तिपुरको मेयरमा तेस्रोलिंगी हनीलाई बनायो उम्मेदवार
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरको मेयरमा स्वतन्त्रसहित विभिन्न दलले दिए उम्मेदवारी
मंसिर २, २०८१ आइतबार