अवैध मदिरा भट्टीमा प्रहरीको छापा : करिब १ लाख लिटर घरेलु मदिरा र १७ वटा उत्पादन भट्टी नष्ट
आबिद हुसेन
साउन २५, २०७९ बिहिबार २:४४:४२
२५ साउन, बीरगञ्ज । बाराको महागढीमाई नगरपालिकामा प्रहरीले छापामारी गरी १७ वटा अबैध घरेलु मदिरा भट्टी भत्काउनुका साथै ८० हजार लिटरभन्दा बढी मदिरा नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको निर्देशनमा गएको प्रहरीको टोलीले बुधबार दिनभर महागढीमाई नगरपालिकाको वडा नम्बर ३ र १० मा छापामारी गरी अवैध घरेलु मदिरा भट्टी भत्काउनुका साथै मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ, भाडा र तयारी मदिरा नष्ट गरेको हो ।
प्रहरीले ८० हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र १० हजार लिटर बजार पठाउन ठिक्क पारिएको तयारी मदिरा जफत गरी नष्ट गरेको प्रहरी उपरीक्षक बोगटीले बताए ।
जिल्लामा अपराधिक गतिविधि, घरेलु हिंसा न्यूनिकरण गर्न अवैध घरेलु मदिरा उत्पादन भट्टी बन्द गर्नुपर्ने आवश्यकता देखिएकाले प्रहरीले विशेष टोली बनाएरै बुधबार महागढीमाईको २ वटा गाउँमा छापामारिएको उनले बताए । अवैध घरेलु मदिरा भट्टि नष्ट गर्न जिल्ला प्रहरी कार्यालयबाट ४५ जनाको प्रहरी टोली खटिएको थियो ।
छापामारीका क्रममा पक्की घरभित्र अण्डरग्राउण्ट टंकी निर्माण गरेर मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ भण्डारण गर्ने गरेको भेटीएको पनि प्रहरीले जनाएको छ । यसका साथै मदिरा बनाउन अस्वस्थकर सामग्री प्रयोग गर्नुका साथै सडेगलेका वस्तु पनि हाल्ने गरेको भेटिएको प्रहरीले जनाएको छ ।
यहाँ उत्पादित घरेलु मदिरा कलैया बजारका साथै वीरगञ्जसम्म पुग्ने गरेको थियो । ‘यो बारा प्रहरीको ठूलो सफलता हो,’ प्रहरी उपरीक्षक बोगटी भन्छन्, ‘आउँदा दिनमा फेरि उत्पादन नगरुन भनेर हाम्रो निरन्तर निगरानी रहन्छ ।’
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपगाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार