विद्यालयमा विद्यार्थी बेहोस हुन थालेपछी पठनपाठनमा समस्या
नेपालबहस संवाददाता
साउन २६, २०७९ बिहिबार १९:३७:३२
साउन २६, बझाङ । स्थानीय बित्थडचीर गाउँपालिका–१ मा रहेको केदार माध्यमिक विद्यालयका छात्रा बेहोस हुन थालेका छन् । आइतबार सात छात्रा बेहोस भएकामा सोमबार सात र मङ्गलबार दुई छात्रा बेहोस भएका हुन् । उनीहरुको दुई घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक विष्णु सिंह बोहराले बताए । उनले भने,“विद्यार्थी एक पछि अर्को हुँदै बेहोस भए ।
पहिलो दिन एकजना बेहोस भएपछि लगातार अरु पनि बेहोस हुनथाले ।” बेहोस् भएका सबैलाई घर पठाएर दोस्रो दिन स्वास्थ्यचौकीमा जाँच गराइएको उनले बताए । बेहोस भएका छात्रामा नबोल्ने तथा इशाराले घाँटी च्यापिएको बताउने, काँप्ने, बर्बराउनेजस्ता लक्षण देखा परेका छन्।
विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि सोमबार देउलेक प्राथमिक स्वास्थ्य केन्द्रबाट चिकित्सक बोलाइएको थियो । उनीहरुमा मासहिस्टेरिया भएको डा ईश्वर बलामीले बताए । उनले भने,“सबैभन्दा पहिला समस्या देखिएका छात्रामा केही समस्या हुनसक्छ । त्यसको जाँच गर्नुपर्छ । यो समस्याका लागि आइसोलेशनमा बस्नुपर्छ । सबै छात्रा एकै ठाउँमा भएमा धेरैलाई समस्या हुनसक्ने भएकाले केहीदिन छुट्टाछु्ट्टै राख्नुपर्छ ।”
चिन्ता तथा डरका कारण पनि त्यस्तो समस्या आउने गरेको चिकित्सक बलामीले बताए । एक जनामा समस्या भएपछि सरुवा रोग जस्तै अरुमासमेत यस्तो समस्या आउने र यस्ता छात्रालाई अन्य स्वास्थ्य समस्या देखिएमा अस्पताल पुर्याउन पर्नेमा उनले जोड दिए। बिरामी परेकालाई केही दिन बिदामा घर बस्न सुझाव दिए पनि विद्यालयमा भने बिदा नदिइएको तर विभिन्न संचार माध्यममा विद्यालय एक हप्तासम्म बन्द भएको भनेर भ्रमित समाचार सम्प्रेशण भएकामा विद्ययालयले आपत्ति जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
इजरायली चार बन्धक छाडेको बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार
पर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार