ठगीको आरोपमा बर्दियाकी चेली कैलालीमा पक्राउ
नेपालबहस संवाददाता
साउन २६, २०७९ बिहिबार २३:४३:४२
२६ साउन, कैलाली । कैलालीको टीकापुर नगरपालिकाका विभिन्न गाउँमा पैसा असुलेको आरोपमा बर्दिया राजापुर नगरपालिका–१० खैरीचन्दनपुर निवासी २४ वर्षीया कविता थारुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
उनीमाथि विद्यार्थीलाई पोशाक, कापीकलम, झोला लगायतका सामान उपलब्ध गराउने आश्वासन दिई विद्यार्थीका अभिभावकबाट ५ सय असुलेको आरोप छ ।
गुड नेवर्स नामक संस्थामा काम गर्ने बताउने उनले पदमपुरमा ७७ जना, वनगाउँमा ८७ जना, फाँटामा ६६ जना र झुँगामा ७४ जनाबाट जनही ५०० का दरले १ लाख ५२ हजार रुपैयाँ संकलन गरेकी खुल्न आएको छ ।
प्रहरीले वैशाख र जेठ महिनामा समेत उनले धेरै अभिभावकबाट पैसा संकलन गरेको हुनसक्ने बताएको छ । ठगी गरेको भन्दै ४ जनाले उजुरी दिएको आधारमा थारुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार