आज मिथिलामा ‘राखी’ पर्व मनाइँदै
नेपालबहस संवाददाता
साउन २७, २०७९ शुक्रबार १३:७:५२
२७ साउन, महोत्तरी । मिथिलामा आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ पर्वका लागि मैथिल दिदीबहिनी आफ्ना दाजुभाइलाई ‘राखी’ रोज्नदेखि खुवाइने मिष्टान्न परिकारको जोहोमा व्यस्त छन् ।
मिथिलामा दाजुभाइ÷दिदीबहिनीबीच प्रेम, सद्भाव र समर्पण झल्कने राखी, भैयादूज र सामा पर्व मनाइन्छ । यी पर्वमध्ये साउन पूर्णिमाका दिन मनाइने ‘राखी’ विशेष चहलपहलयुक्त हुने गरेको छ । हिन्दू नेपाली परम्परामा रक्षाबन्धन भनिने यो पर्व मिथिलाका दाजुभाइ÷दिदीबहिनीबीच ‘राखी’ का नाउँमा प्रसिद्ध छ । पर्वमा दिदीबहिनीले दाजुभाइलाई कलात्मक धागोका रङ्गीचङ्गी डोरा ९राखी० दायाँ हातको नाडीमा बाँधी दिएर सौर्यवृद्धिको कामना गर्छन् ।
अघि सत्ययुगमा तीनै लोक ९स्वर्ग, मत्र्य र पाताल० का राजा दानवराज वलिलाई युद्धमा जानअघि दिदीबहिनी गङ्गा र जमुनाले विजयको कामना गर्दै दायाँ हातको नाडीमा ‘रक्षाकवच’ स्वरुप अभिमन्त्रित डोरा बाँधी दिएका सम्झनामा यो पर्व परम्परा चलेको विश्वास गरिन्छ । यसैदिन कूल पुरोहितले पनि वैदिक मन्त्रले अभिमन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा छ । यो पनि दानवराज वलिलाई गुरु शुक्रचार्यले युद्धमा जानअघि शास्त्रोक्त विधिले डोरा अभिमन्त्रित गरेर बाँधीदिएका विश्वास गरिन्छ । यसैको प्रभावले राजावलि देवतासँगको युद्धमा विजयी भएको पुराण वर्णित कथा छ ।
पर्वका अवसरमा विवाहित दिदीबहिनी दाजुभाइका घर गएर वा दाजुभाइलाई आफ्नै घर बोलाएर पर्व मनाउँछन् । अविवाहित दिदीबहिनीले त सँगै एउटै परिवारमा रहेका दाजुभाइसँग यो पर्व मनाउँछन् । पर्वमा दिदीबहिनीले दाजुभाइको सौर्यवृद्धिको कामना गर्दै ‘राखी’ बाँधी दिएर ‘हमर भैया जिए सौ बरिस’ ‘मेरा दाजुभाइ सय वर्ष बाँचुन्’ भन्दै सगुनस्वरुप मिष्टान्न परिकार खुवाउँछन् । पर्वमा दाजुभाइले दिदीबहिनीबाट ‘राखी बाँधेपछि उनीहरुलाई पनि ‘राखी’ बाँधी दिएर वस्त्रआभूषण र दक्षिणा दिने चलन छ । आफ्ना दाजुभाइ÷दिदीबहिनी नहुनेले नजिकको यस्तो नाता पहिल्याएर पर्व मनाउँछन् । मिथिलामा यो पर्व फरक धर्म परम्पराका बीचमा पनि उत्तिकै लोकप्रिय हुँदैछ ।
पर्वले आज प्राचीन मिथिलाक्षेत्रमा निकै चहलपहल बढेको छ । प्रत्येक बस्तीबस्तीका चोकचोकमा विभिन्न रङ्गका कलात्मक राखी बेच्न राखिएका छन् । मिथिलामा यो व्यापार केही दिन पहिलेदेखि नै जमेको छ । त्यसैगरी आज मिठाई र फलफूलको व्यापार पनि पर्व विशेषले ह्वात्तै बढेको छ । पर्वका अवसरमा विगतदेखि नै सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशमा शहीद परिवारलाई लक्षित गरी स्वास्थ्य बिमा कार्यक्रम सुरु
पुष २५, २०८१ बिहिबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
पुष २६, २०८१ शुक्रबार
आगामी माघ २२ देखि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने
पुष २६, २०८१ शुक्रबार