पाटनको कुम्भेश्वरमा जनैपूर्णिमा मेला
नेपालबहस संवाददाता
साउन २७, २०७९ शुक्रबार २१:२६:८
२७ साउन, ललितपुर । साउन शुक्लपूर्णिमा अर्थात जनैपूर्णिमाका दिन पाटनको कुम्भेश्वरमा भव्य मेला लागिरहेको छ । कुम्भेश्वरमा गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहेकाले आज सो स्थानमा स्नानका साथै महादेवको आरधना गर्न ठूलो संख्यामा मानिस भित्रिएका हुन् । हिजो राति ११ बजेदेखिनै कुम्भेश्वरमा भक्तजनको भीड लागिरहेको कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुरमार खड्गीले बताए । उनले भने, “महादेवको दर्शन गर्नाका साथै पूजा तथा हातमा डोरो बाँध्न र जनै धारण गर्नका लागि थुप्रै मानिस मन्दिरमा भित्रिरहेका छन् ।” मेला भने सहज रुपमा संचालन भइरहेको अध्यक्ष खड्गीले जानकारी गराए ।
मन्दिरभित्रका साथै बाहिर डोरो तथा जनै लगाइदिने र लगाउने मानिसको पनि व्यापक सहभागिता रहेको समितिका उपाध्यक्ष वसन्त खड्गीले बताए । उनले भने, “दर्शनार्थीको घुइँचोले हामीलाई मन्दिरभित्र हिँडडुल गर्न पनि गाहो भइरहेको छ ।” मन्दिरको भीडभाडमा हुनसक्ने चोरीलगायत अन्य घटनाका लागि भने सुरक्षा व्यवस्था कडा पारिएको उहाँले जानकारी गराए ।
अगस्त्य ऋषिले कुम्भ अर्थात कलशमा महादेवको आह्वान गरेर उत्पति गराएकाले कुम्भेश्वर महादेव भनिएको मन्दिरका मूल पुजारी माधवश्याम शर्माले बताए । उनले भने, “यस मन्दिरमा कुम्भेश्वर र सर्वेश्वरका दुई मूर्ति छन् । सजिलैसँग दर्शन गर्न सकिने देखिरहेको महादेव सर्वेश्वर हुन् ।” सर्वेश्वर महादेवलाई मृत्युञ्जय महादेव पनि भनिने गरिएको मूल पुजारी शर्माले जानकारी गराए ।
सनातन हिन्दू र बौद्ध धर्म मान्ने भक्तजनले कुम्भेश्वरलाई बज्रपानी लोकेश्वर भनेर पुज्ने गर्छन् । श्री स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर महादेव पनि एक हुन् । मार्कण्डेय ऋषिले सर्वेश्वर महादेवको आरधना गरी आफ्नो छोटो आयुलाई चिरञ्जीवी बनाएको कुरा पुराण आदिमा उल्लेख छ । सर्वेश्वर महादेवको आरधना गरे रोगव्याधि निको भई दिर्घायु प्राप्त हुने विश्वास हिन्दू तथा बौद्ध धर्मावलम्बीमा छ।
त्यसैगरी उक्त महादेव मन्दिरको काखमा दश महाविद्यामध्ये एक विद्याको मालिकका साथै शत्रुलाई पराजय गर्ने शक्तिका रुपमा पुुजिने बंगलामुखी देवीको मन्दिरसमेत छ । मुलुकमा कोभिड–१९को महामारी भित्रिएकाले विगतको दुई वर्षमा भने उक्त मन्दिरमा जनैपूर्णिका दिन मेला लागेकोे थिएन । हाल केही मात्रामा कोरोना न्यून रहेकाले मेला लागेको हो । कुम्भेश्वरमा हरेक साउनको सोमबार, बालाचतुदर्शी, शिवरात्रि आदि पर्वमा भक्तजनको ठूलो उपस्थिति हुने मूल पुजारी शर्माको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
मंसिर १, २०८१ शनिबार
महाभारतकालीन मेडरी नाच संरक्षणमा जुटे थारु समुदाय
मंसिर १, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार