हल मालिकले घटाए लाल सिंह चड्डा र रक्षा बन्धनको शो
नेपालबहस संवाददाता
साउन २७, २०७९ शुक्रबार २१:१४:१४
२७ साउन, एजेन्सी । आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ र अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’ले बक्सअफिसमा कमजोर सुरुवात गर्यो । दुवै फिल्मले ओपनिङ डेमा कूल २० करोड रुपैंयाँको मात्र कलेक्सन गर्न सक्यो । यी दुवै फिल्मले रक्षा बन्धनको लाभ उठाउन सकेनन् । यहीकारण फिल्म हलका मालिकहरुले घाटालाई कम गर्नका लागि आफ्नो रणनीतिमा परिवर्तन गरेका छन् ।
समाचारअनुसार बक्सअफिसमा दुवै फिल्मले खराब व्यापार गरेपछि हल मालिकहरुले दुवै फिल्मको शो इच्छाअनुसार कम गर्ने निर्णय लिएका छन् । अक्षय र आमिर दुवैको फिल्म भारतका करिब १० हजार पर्दामा रिलिज गरिएको थियो ।
तर, केही स्थानमा पहिलो दिन फिल्म हेर्नकै लागि अधिकतम १० देखि १२ जनामात्र दर्शक आएका थिए । जसकारण हलका मालिकले ओवरहेडलाई बचाउन र सीमित शोमा अकुपेन्सी बढाउनका लागि दोस्रो दिन फिल्मको शो कम गर्ने निर्णय लिए ।
हाल भारतभर आमिरको फिल्मलाई १३ सय शो र अक्षयको फिल्मलाई एक हजार शो कम गरिएको छ । शुक्रबारको अकुपेन्सीको कुरा गर्दा आमिरको फिल्ममा बिहानीको शो अकुपेन्सी ८ दशमलब २७ प्रतिशत र अक्षयको फिल्मको अकुपेन्सी ७ दशमलब ६३ प्रतिशत थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
विवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार