रिसोर्ट र पार्कबाट आम्दानी
नेपालबहस संवाददाता
साउन २७, २०७९ शुक्रबार २२:२८:४०
२७ साउन , विराटनगर । आम्दानी लिन सहरकै जग्गा हुनुपर्छ भन्ने होइन कुरालाई प्रमाणित गरेका छन् एक उद्यमीले । मोरङको बेलबारी नगरपालिकाक्षेत्रको लोहन्द्रा खोला पुलदेखि झण्डै २०० मिटर दक्षिण– पश्चिम क्षेत्रमा सुनसरी इटहरी उपमहानगरपालिका निवासी डम्बर तामाङले आफ्नो लगानीमा सुदर्शन मल्टिपल एग्रो रिसोर्ट सञ्चालनमा ल्याएको हुन् ।
चार बिघा १० कठ्ठा जग्गा खरिद गरेर सञ्चालनमा ल्याइएको सो रिसोर्ट हेर्न लायकको बनाउने क्रम जारी छ । आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न र यसै पेसा वा व्यवसायबाट आम्दानी गर्ने हेतुले सञ्चालनमा ल्याइएको सो रिसोर्टमा स्वीमिङ पुल,फिस थेरापी, पार्क र विभिन्न परिकारको खाना पाउने सुविधा रहेको रिसोर्टका प्रबन्धक भोजन राईले जानकारी दिए ।
बस्नका लागि अत्यन्त सुविधाजनक कोठा रहेको सो रिसोर्टमा राँगाभैँसी, खसीबोका, स्थानीय जातका कुखुरापालन पनि गरिएको छ ।अहिले तत्काल रु दुई करोड खर्च गरेर बनाइएको भौत्तिक संरचनाभित्र चार कठ्ठा जग्गामा विभिन्न प्रजातिका हेलिङसेन्टर पनि निर्माण गरिएको छ ।
कुरिलो र गुर्जोको खेती पनि सुरु गरिएको सो रिसोर्ट स्थानीय व्यक्तिका लागि मनोरञ्जनको केन्द्र बन्ने विश्वास गरिएको छ । बेलबारी नगरपालिका–२ स्थित लालभित्तीको सो रिसोर्टमा आउने मानिसले लोहन्द्रा खोलामा कलकल पानी बगेको र चारैतिर हरियाली हेर्न, चराचुरङ्गीको आवाज सुन्न तथा शिरानतर्फ चुरे पहाडको दुष्यावलोकन गर्न पाउँदा झन मन आनन्दित हुने विश्वास गरिएको छ ।
यसैगरी उद्यमी तामाङले विराटनगर निवासी सञ्जय अग्रवालसँगको साझेदारीमा सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा ओसियन पार्क पनि निर्माण गरे ।नेपालकै सबैभन्दा ठूलो स्विमिङ पुल रहेको सो पार्कमा, वाटर पार्क, होटल, लज, हेल्थ क्लबजस्ता सुविधा रहेको उनले जानकारी दिए।
एघार वर्ष अघि रु २१ करोडको लागतमा सञ्चालनमा ल्याइएको सो पार्कको क्षेत्रफल तीन बिघा छ । प्रवेश शुल्क निःशुल्क रहेको पार्कमा चाडपर्व र बिदाको दिन अत्यधिक भीड लाग्ने गरेको छ ।
कारोनाकालमा केही मन्दी आए पनि हाल पार्कले आम्दानी दिन थालेकोमा उद्यमी तामाङले खुसी व्यक्त गरे । यी दुबै पार्कमा दर्जनौँ मानिसले नियमीत रोजगारी पनि पाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
सेतो गुम्बा र आसपासको दृश्य
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
साइपाल हिमालबाट बग्ने सेतीनदीको मुहान
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
पुष १२, २०८१ शुक्रबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार