बालुवाटार र सिंहदरबारमा आसिन व्यक्तिहरुको बासस्थान कहाँ हुनसक्छ ?
यज्ञप्रसाद भट्टराई
साउन २७, २०७९ शुक्रबार २३:५२:२१
अहिले नेपाली नागरिकहरुमा व्यापक निराशाका काला बादलहरु मडारिरहेको देखिन थालेको छ । नेतृत्वको गलत क्रियाकलापका कारण नागरिकहरुमा निराशा छाउनु स्वभाविक पनि हो । लामो समयको प्रतिक्षाबाट समेत नागरिकहरुले राज्यबाट परिवर्तनको कुनै आभाष पाउन सक्दैनन् भने त्यहाँ बिद्रोहको ज्वारभाटा उठनु स्वभाविक हो । जनताको धैर्यताको बाँध टुट्यो भने वर्तमानका दलका नेता भनाउँदा देश लुटेराहरुको कन्तबिजोग हुन्छ भनेर धेरै अघिदेखि कलमबीरहरुले बिभिन्न माध्यामबाट जानकारी गराईसकेको बिषय पनि हो जुन अहिले आएर नागरिकहरुबाट स्वतष्फुर्त रुपमा देखिन थालेको छ ।
नागरिकहरुको आवाजलाई बन्द गराउन सक्ने क्षमता वर्तमानका राजनीतिक दलहरु र त्यसलाई नेतृत्व गर्ने नेताहरुमा छैन । किनकी उनीहरु बिगतका आफ्नै कर्तुतहरुबाट नाङ्गिईसकेका छन् । जनताको पटकपटकको आग्रहलाई कुचेष्ठा गर्दै केबल बिदेशी प्रभूहरुलाई खुशी पार्न कै लागि मात्र देश बिभाजन र नागरिकमा बिभेद ल्याउने अभियानमा सकृय भएका नेताहरुलाई नेपाली जनताहरुले धेरै पहिला नै चिन्न सक्नुपर्थ्याे तर ढिलै भएपनि नागरिकमा चेतनाको बिजारोपण भएकोमा खुशी लागेको छ ।
नागरिकहरु अहिले अत्यन्तै ठूलो आर्थिक संकटबाट पिल्सिएका छन् । महंगी नियन्त्रण गर्ने सरकारको कुनै पनि संयन्त्रले काम गर्न सक्ने अवस्था नै छैन । सरकार नेपाली जनताका प्रतिनिधिका रुपमा गएका राजनीतिक दलहरुका नेताले होईन माफियाहरुको सञ्जालले चलाईरहेको छ । जनताका प्रतिनिधिहरु भ्रष्टहरुको चंगुलमा फसिसकेका छन् । नेताहरुका दलिन र भडाँरमा भ्रष्टाचारीहरु अखडा जमाएर बसेका छन् । महंगीको मारमा परिरहेका जनताको दैनन्दिनी कसरी चलिरहेको होला ? भनेर सोच्न सक्ने क्षमता समेत वर्तमानका राजनीतिक दलहरुका नेताहरुले गुमाईसकेका छन् । यस्तो अवस्थामा आम नागरिकहरुले मौनता र धैर्यता राख्नसक्ने कुनै पनि ठाउँ बाँकी रहेको पनि देखिदैन ।
वर्तमान अवस्था सृजना हुनुमा बिगतमा नागरिकहरुले अन्धोभक्त भएर राजनैतिक दलहरुलाई गरेको समर्थन पनि दोषी छ । तर पटकपटकको नेतृत्वको लार्पवाही र हेपाहा प्रबृत्ति बिरुद्ध अब भने नागरिकहरु सडकमा आउने अवस्था सृजना हुने देखिदैछ । यसलाई राजनीतिक दलका नेतृत्वले दमन र दवाव सृजना गर्ने कुचेष्टा गरे भने यसको परिणाम वर्तमानका सर्वशक्तिमान ठानिएका नेतृत्वकर्ताहरुलाई फलामको च्यूरा हुनसक्छ, यसबारे नेतृत्वले बेलैमा सोच्न जरुरी छ ।
यो देश बाबुराम र प्रचण्डले रोल्पा र रुकुममा बन्दुक पडकाएका भरमा बनेको होईन भनेर । अनि यो देश वर्तमानका महापण्डित केपी ओलीले धर्मप्रसाद ढकाल र बुट्टन चौधरीहरुलाई घाँटी रेटिरेटी मारेर चौध बर्ष जेल बस्दैमा पनि बनेको होईन भनेर । न त यो देश डडेल्धुरे देउवाको जिब्रोमा करेन्ट लगाएकैले जोगिएको र केही थान नेताका छोराछोरी, ज्वाँई चेला, सालासाली, भान्जाभान्जीलाई सांसद, मन्त्री, मेयर, राजदूत बनाएका कारण जोगिएको हो भनेर नेपाली जनताले अब बुझ्न बाँकी केही पनि रहेको छैन ।
अहिले नागरिकहरु कसैको उक्साहट र प्रलोभनमा परेर सडकमा आएका होईनन् यो त नागरिकमा लुकेर र दबेर बसेको बिद्रोहको आवाज हो भन्ने कुरा बुझ्न वर्तमान नेतृत्वले ढिलाई गर्नु हुँदैन । नागरिक शक्तिका अगाडि हजारौं हजार सेना पुलिस र झोले कार्यकर्ताहरुको केही जोड चल्दैन भन्ने कुराको हेक्का नराख्ने हो भने निकट भविष्यमा सम्पन्न हुने प्रदेश तथा संघीय निर्वाचनमा वर्तमानका नेताहरु मज्जाले बढारिन सक्ने अवस्था समेत बढदै गएको देखिदैछ । देश बिकासको अभियानमा लाग्छौ भन्ने धूर्त स्यालहरुको झुठा आश्वासनमा परेर बिताएका उर्भर समयको एकएक हिसाबकिताब अब नेपाली नागरिकहरुले खोज्न सक्ने अवस्था समेत दर्बिलो रुपमा ठडिन थालेको देखिदैछ ।
अहिले नेपाली नागरिकहरुको आवाजलाई समेत लत्याउँदै राजनीतिक नेतृत्वले पटकपटक देश बिरोधी र जनता बिरोधि सन्धी, सम्झौताहरु गरिरहेको छ । देशलाई बिदेशीहरुको कृडास्थल बनाउन एकपछि अर्को गलत निर्णयहरु मात्रै गरिरहने वर्तमानका सबै राजनैतिक दलहरु र तिनका नेताहरु देशका महान शत्रु हुन भन्ने कुराको आभाष जनतामा हुने बित्तिकै वर्तमानमा बालुवाटार र सिंहदरबारमा आसिन ब्यक्तिहरुको बासस्थान कहाँ हुनसक्छ ? यसको स्पष्ट जवाफ बताउन सकिने अवस्था पनि छैन ।
इतिहासका कालजयी वीर देशभक्तहरुको सम्मानमा बनाईएका शालिकहरु भत्काएर जनताका घरमा चोरी गरेर र जनताका छोरीचेली बलात्कार गर्दै निर्दोष र निहत्था नागरिकहरुको हत्या गर्दै हिडेका ब्यक्तिहरुको शालिक निर्माण गर्दै हिडनु वर्तमानका राजनैतिक दलहरुको बिनासको शुरुवात हो ।
नेपाली नागरिकहरुले अब बुझिसकेका छन् कि यो देश बाबुराम र प्रचण्डले रोल्पा र रुकुममा बन्दुक पडकाएका भरमा बनेको होईन भनेर । अनि यो देश वर्तमानका महापण्डित केपी ओलीले धर्मप्रसाद ढकाल र बुट्टन चौधरीहरुलाई घाँटी रेटिरेटी मारेर चौध बर्ष जेल बस्दैमा पनि बनेको होईन भनेर । न त यो देश डडेल्धुरे देउवाको जिब्रोमा करेन्ट लगाएकैले जोगिएको र केही थान नेताका छोराछोरी, ज्वाँई चेला, सालासाली, भान्जाभान्जीलाई सांसद, मन्त्री, मेयर, राजदूत बनाएका कारण जोगिएको हो भनेर नेपाली जनताले अब बुझ्न बाँकी केही पनि रहेको छैन ।
टुक्राटुक्रामा बिभक्त भौगोलिक सीमानालाई एकीकृत गर्दै एकताको शुत्रमा बाँधेर सिंगो नेपालको निर्माण कस्ले गरेको रहेछ ? यो देशको सार्वभौमसत्ता र नागरिक एकता कस्ले जोगाएको रहेछ ? भन्ने कुराको जानकारी अहिले आम नेपालीहरुले लिईसकेका छन् साथै यो देशलाई बिभाजन र नागरिकहरुमा बिभेद सृजना गरि बिदेशीको ईशारामा कसरी फिजीकरण गरिदैछ ? भन्ने कुराको समेत स्पष्ट जानकारी राखिसकेका छन् ।
जसले सिंगो नेपालको परिकल्पना गर्दै राष्ट्रिय एकिकरणको महान अभियानमा रणमैदानमा प्राण त्याग गरे आज तिनै इतिहासका कालजयी वीर देशभक्तहरुको सम्मानमा बनाईएका शालिकहरु भत्काएर जनताका घरमा चोरी गरेर र जनताका छोरीचेली बलात्कार गर्दै निर्दोष र निहत्था नागरिकहरुको हत्या गर्दै हिडेका ब्यक्तिहरुको शालिक निर्माण गर्दै हिडनु वर्तमानका राजनैतिक दलहरुको बिनासको शुरुवात हो भन्दा अब डराउनु पर्ने अवस्था पनि बाँकी रहेको देखिदैन । नेपाली नागरिकहरुले अहिले आएर बुझ्न थालेका छन् कि यदि यो देशमा पृथ्बीनारायण शाहजस्ता देशभक्त शपुत नजन्मिएको भए अहिले मोदीको शासनमा रहेर बङ्गालतिर राशन कार्डको लागि हामीले भौतारिनु पर्ने रहेछ भन्ने कुरा । तर अब नेपाली नागरिकहरुमा चेतनाको स्तर बढिसकेको छ । जसका कारण वर्तमानका दलका नेताहरुको मात्र हैन तिनका झोलेहरुको समेत सातो उडन थालेको छ ।
जनताहरु वर्तमानका नेतृत्वप्रति सार्वजनिक समारोहहरु मै मुर्दाबादका नारा लगाउन थालिसकेका छन् । यिनीहरु अब देशका रक्षक हैनन भक्षक हुन भन्ने कुरा बुझिसकेका छन् । त्यसैले अब सबै तिम्रा झोले हुनुपर्छ भन्ने छैन नि आफू निर्णय गर्न स्वतन्त्र छन जनता । कसैले उर्दी जारी गरिराख्नु पर्दैन, अब तिमीहरुलाई नांगेझार पार्ने दिन आउँदैछ, तयार बस्नु । अब यी भ्रष्ट राजनीतिक दलहरुलाई यसैगरी देश चलाउन दिने हो भने अबको केही बर्षमै देशको अस्तित्व नै संकटमा पर्ने चिन्ता देखिदैछ। धर्म निरपेक्ष र संघीयता वास्तवमै देशको लागि घातक साबित हुदैछ। आम नागरिक बाध्य भएर राजा आउ देश बचाउ भन्दै सडकमा आईसकेका छन्। अब राजा नै आउनुपर्ने परिस्थिति यिनै भ्रष्ट पाटीहरुले सिर्जना गरेका हुन । चेतना भया ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार